आजबाट २२ लाख मतदातालाई परिचय पत्र बाँड्दै आयोग



हाम्रो इकोनोमि

बिहीबार हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा भाग लिने मतदाताले आजदेखि परिचय पत्र पाउने भएका छन्।

निर्वाचन आयोगले ४५ जिल्लाका विभिन्न स्थानमा रहेका मतदान केन्द्रबाट मंगलबार बिहानैदेखि फोटोसहित परिचय पत्र बाँडिरहेको र भोलि साँझसम्ममा बाँडेर सकिने आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए।

उनका अनुसार स्थानीय तहमाभन्दा यसपालि १५ लाख मतदाता थपिएका छन्। स्थानीय चुनावमा भोट हाल्दा कार्ड लिएकाले त्यही कार्ड देखाएर मत हाल्न पाउँछन्।

‘१५ लाख नयाँ मतदाता थपिएका छन्, ७ लाखले पुराना कार्ड नाम, ठेगाना सच्याएर नयाँ परिचय पत्र बनाएका छन्,’ ढकालले भने।

मतदाता परिचय पत्र हराएका वा नलिएकाले अन्य कागजात देखाएर मतदान गर्न पाउनेरनपाउने विषयमा बुधबार साँझ आयोगले निर्णय गर्ने उनले जानकारी दिए।

बिहीबार ४५ जिल्लामा १२८ प्रतिनिधि सभा र २५६ प्रदेश सभा सदस्यका लागि मतदान हुँदैछ। आयोगले बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान समय तोकिएको छ।

यसअघि मंसिर १० गते हिमाली र पहाडी जिल्लाका ३२ जिल्लामा मतदान भइसकेको छ।

आयोगले ती जिल्लामा बिहीबार साँझ पाँच बजेपछि नै मतगणना सुरु हुने जनाएको छ। मतगणना सुरु भएको हप्ता दिनभित्र प्रत्यक्षतर्फको सबै परिणाम आइसक्ने आयोगको दाबी छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...