काँग्रेसका नेता लेखकको घरनजिक बम विष्फोट



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोटन गरिएको छ ।

बम विष्फोटबाट घरमा कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । बम बिष्फोटन गर्ने कार्यमा संलग्नहरुको खोजी कार्य शुरु गरिएको उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसका पूर्व कञ्चनपुर जिल्ला कार्यसमिति सचिव भोजराज बोहराले नेता लेखकको घर नजिकै बम बिष्फोटनको घटनाको भत्र्सना गर्नुभएको छ । उहाँले आपराधिक क्रियाकलापमाथि तत्काल नियन्त्रण गर्न मागसमेत गर्नुभएको छ ।

यसैबीच, चुनावी कार्यक्रम सकेर फर्कँदै गरेका वाम गठबन्धन डडेल्धुराका प्रतिनिधि सभाका उम्मेदवार खगराज भट्टको गाडीलाई लक्षित गरी गएराति ९ बजे बम प्रहार गरिएको छ । बम प्रहारबाट गाडीमा सामान्य क्षति पुगेपनि उम्मेदवार भट्टसहित गाडीमा सवार सबैजना सकुशल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...