लमजुङमा अलैँची स्तरीकरण गरिँदै



हाम्रो इकोनोमि

पहिलो चरणको निर्वाचन सकिएलगत्तै लमजुङका किसान आफ्नो व्यवसायमा व्यस्त रहेका छन् ।

केही समय चुनाव कारण तितरवितर भएका कृषक अलैँची स्तरीकरण ९ग्रेडिङ० मा व्यस्त भएका हुन् । केही महिना अघिदेखि टिपेर र सुकाई राखेको अलैँची स्तरीकरण गरी उनीहरु बिक्रीको तयारीमा लागेका हुन् ।

सुकाएर मात्रै बिक्री गर्न सकिने अलैँची स्तरीकरणपछि उचित मूल्य पाइने भएकाले कृषकले त्यसको तयारी गरेका हुन् । कृषकले सुकाइसकेको अलैँचीलाई सफा गरी गुणस्तरको छुट्याउँदै बिक्री गर्न लागेको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

“स्तरीकरण नगरिएको र गरिएकोमा कम्तीमा प्रतिकिलो रु ५० फरक पर्छ” अध्यक्ष तामाङले भन्नुभयो “स्तरीकरण गरिएको अलैँची बिक्री गर्न पनि सजिलो हुन्छ ।”

लमजुङको एक हजार २०० मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक रुपमा अलैँचीखेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले अलैँची खेतीबाट प्रत्यक्ष फाइदा लिइरहेको महासंघले जनाएको छ । जिल्लामा गत वर्ष ८२१ टन अलैंँची उत्पादन भएकोमा यस वर्ष घट्ने अनुमान गरिएको छ । पुरानो बिरुवा र सिँचाइको राम्रो व्यवस्था नहुनाले यस वर्ष गत वर्षको तुलनामा उत्पान घट्ने अनुमान गरिएको छ । गत वर्ष अलैंँची बिक्रीबाट किसानले रु १० करोडभन्दा बढी आम्दानी गरेका थिए

प्रतिक्रिया दिनुहोस
६ महिनामा वीरगन्ज हुँदै ७ अर्ब ६४ करोडको दलहन भित्रियो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड...

६ महिनामा २० अर्बको धानचामल आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा...

उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...