आजबाट ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द



हाम्रो इकोनोमि

दोस्रो चरणको चुनाव हुन लागेको ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आजबाट बन्द भएका छन् । निर्वाचन आयोगको आग्रहमा सरकारले आजबाट मंसिर २१ गतेसम्म विद्यालयहरुमा विदा दिएको हो ।

अधिकांश स्कुल र कलेजहरुमा चुनावको मतदान केन्द्र तोकिएको छ । धेरैजसो शिक्षकहरुलाई पनि निर्वाचन आयोगले कर्मचारीको रुपमा परिचालन गरेको छ । त्यसैले आयोगको आग्रहमा विद्यालयमा विदा दिने निर्णय सरकारले यसअघि नै गरेको थियो ।

दोस्रो चरणको मतदान हुने दिन मंसिर २१ गते भने ४५ जिल्लाका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ ।

आज मध्यरातबाट निर्वाचनको मौन अवधि शुरु हुँदैछ । मौन अवधिभर चुनाव प्रचार प्रसार गर्न वा कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...