वाम गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार अन्त्य हुन्छ – नेता नेपाल



हाम्रो इकोनोमि

नेकपा (एमाले) नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बनेपछि मुलुकमा काममा ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेस्कले आज आयोजना गरेको काठमाडौँ जिल्ला वाम प्रगतिशील गठबन्धनका उम्मेदवारसँग अन्तक्र्रियामा उहाँले वाम गठबन्धनको सरकार बनेपछि कानूनी शासनको प्रत्याभूति र जनतालाई स्वदेशमै रोजगार उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

एमाले र माओवादीबीच चुनावी तालमेल मात्र नभएर चुनावपछि पार्टी एकीकरण हुने भन्दै उहाँले सम्पूर्ण कम्युनिष्ट एक भएर देशको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन र जलविद्युत्को विकास गरी नेपालको अर्थतन्त्र बलियो बनाउने उल्लेख गर्दै उहाँले सबै नेपालीको जीवनस्तर उकास्न पर्यटन र जलविद्युत्को विकासबाट गर्न सकिने आधार भएको बताउनुभयो ।

मतदाता शिक्षाअन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति एमालेको गम्भीर ध्यानाकर्षण

यसैगरी नेकपा (एमाले) ले निर्वाचन आयोगद्वारा विभिन्न १० टिभी स्टेशनबाट प्रसारण गर्नेगरी सञ्चालन गरेको मतदाता शिक्षाअन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज जारी गरेको प्रेस विज्ञप्तिमा अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको क्विजमा आयोगले नेपाली काँगे्रसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘ती दुई उम्मेदवार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखिएकोप्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ ।

सत्ताधारी दलको खास उम्मेदवारलाई आयोगको उम्मेदवारका रुपमा प्रस्तुत गरिएकामा आपत्ति जनाउँदै एमालले निष्पक्ष भनिएको आयोगले कुनकुन उम्मेदवारका पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको भन्ने कुरा स्पष्ट पार्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...