बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी देशद्रोही –अध्यक्ष ओली



हाम्रो इकोनोमि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई बहुराष्ट्र भन्ने क्षेत्रीय पार्टी नै देशद्रोही भएको बताउनुभयो ।

नेकपा एमाले र नेकपा माओवादी (केन्द्र)द्वारा आज विराटनगरको पुष्पलालचौकमा आयोजित क्षेत्रीय चुनावी सभामा उहाँले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही भएको आरोप लगाउनुभयो ।

नेता ओलीले भन्नुभयो, “एउटा शासन व्यवस्था,राजनीतिक प्रणाली तथा सीमा अन्तर्गत रहेको नेपाल एक बहुजातीय राष्ट्र हो ।” अध्यक्ष ओलीले सुशासन कायम राख्न, पारदर्शी शासन व्यवस्था, निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन र देशको आर्थिक वृद्धिलाई कायम राख्न आगामी निर्वाचनमा वाम गठबन्धनलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

संघीय संविधान कार्यान्वयन, राज्यमा जनताको पहँुच, मधेशी, आदिवासी, थारु आदि लगायत जनताको जीवनस्तर उकास्नका लागि वामगठगन्धनको विजय आवश्यक रहेको बताउँर्दै उहाँले नेकपा एमालले नै क्षेत्रीयवादी वैमनुष्यता हटाइ राष्ट्रिय एकता कायम राख्ने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले अमेरिकी सहयोगमा पाँच सय अर्बको लागतमा आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउनुका साथै , पूर्व–पश्चिम रेल मार्ग, हिमाल, पहाड र तराई जोड्ने सडक, विद्युत् ऊर्जाको विकास गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले पञ्चायत कालमा हत्या गरिएका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता दुर्गानन्द झा, भीमनारायण श्रेष्ठ, यज्ञबहादुर थापा, राम लक्ष्मणलाई आफ्नो नेतुत्वमा बनेको सरकारले नै शहीद घोषणा गरेको स्मरण गराउनुभयो ।

चुनावी सभामा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा उम्मेदवार नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले नेपाली काँग्रेसले नै विराटनगरलाई दोस्रो ठूलो शहरबाट छैंठो शहरमा पु¥याएको आरोप लगाउदै प्रदेश नं १ को राजधानी विराटनगर नै हुने बताउनुभयो ।

सभामा नेकपा (माओवादी केन्द्र)का लीलामणि पोखरेल र मोरङ क्षेत्र नं ४ का नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले विराटनगरको वृहत्तर विकास लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...

प्रचार सामग्रीमा एमालेले हट्यो ओलीको फोटो

  नेकपा एमालेले सार्वजनिक कार्यक्रम र पार्टी प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको...

चुनावमा खाएको धक्काको जिम्मेवारी कसले लिने : योगेश

    नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट...

पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको...