मुसहर बस्तीमा चुनावी चर्चा छैन्



हाम्रो इकोनोमि

जिल्लाको शहर र ग्रामीण क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चर्चाले व्यापकता पाइरहँदा सिरहा जिल्लाको नरहा गाउँपालिका–१ स्थित मुसहर बस्तीमा कुनै चुनावी चहलपहल छैन ।

मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोट माग्न मुसहर बस्तीको गाउँमा अहिलेसम्म दल नपुग्दा त्यहाँका बासिन्दा बेखबर जस्तै भएका छन् ।

नत अहिलेसम्म कुनै नेता भोट माग्न आएका छन्, नत भोट कसरी हाल्ने भन्ने सिकाउन कोही आएको छ, नरहा गाउँपालिका १ निवासी ३० वर्षीया जनी सदाले भनिन्–‘‘ चुनाव कहिले हो, कसरी भोट हाल्ने हो आफूहरुलाई केही थाहा छैन् ।”

‘घरमा बिजुली छैन, रेडियो, टेलिभिजन पनि छैन हामीलाई चुनाव कहिले हो भन्ने थाहा नै भएन्, स्थानीय ३५ वर्षीया ज्ञानी सदाले भनिन्–‘‘ज्याला मजदुरी गरी गुजारा चलाउनुपर्ने बाध्यता छ, हामीलाई चुनावसम्बन्धी कुनै जानकारी पनि छैन् ।”

सिरहा सदरमुकाम नजिकैदेखि करिब १० किलोमिटरको दुरीमा रहेको नरहा गाउँपालिमा करिब १२० घरपरिवार मुसहर बस्ती छन् । ती बस्तीका बासिन्दा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी लगायतका अवसरबाट वञ्चित छन् ।
बिहान र बेलुकाको जोहो गर्नमै ज्याला मजदुरी गर्न मै व्यस्त रहने ती बस्तीका स्थानीयहरु भन्छन्–‘‘ पटक÷पटकको चुनावमा मत हालेर प्रतिनिधि जिताएर पठाए तर, कसैले आफूहरुको समस्या बुझ्न सकेको छैन् ।” त्यसैले आफूहरुको समस्या बुझ्ने र समस्या समाधान गर्ने उम्मेदवारलाई मत दिने उहाँहरुको कथन छ ।

निर्वाचनका बेला आफूहरूलाई भोट बैंकका रूपमा प्रयोग गरे पनि चुनाव जितेपछि नेता गाउँ फर्केर नआएपछि यहाँका मतदाता दुःखी भएका छन् । चुनावका बेला विकासका ठूला ठूला नारा दिने, तर चुनाव जितेपछि नेता गाउँ नै नपस्दा यो बस्तीको मुहार फेर्न नसकेको स्थानीयवासीको गुनासो छ । नरहा गाउँपालिका सिरहा क्षेत्र नं ३ मा पर्दछ ।

उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार लीलानाथ श्रेष्ठ, नेपाली काँग्रेसका अमर रेग्मी र फोरम–राजपा गठबन्धनका साझा उम्मेदवार अशेश्वर यादव चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...