अछाममा निर्वाचन बिथोल्ने १२ जना व्यक्ति पक्राउ



हाम्रो इकोनोमि

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएका केही व्यक्ति विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको र अन्यको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । अनुसन्धानमा अवरोध उत्पन्न हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरिएका व्यक्तिका बारेमा कुनै पनि आधिकारिक जानकारी भने दिएको छैन । प्रहरी नायब उपरीक्षक न्यौपानेले भन्नुभयो, “ बाह्र जनालाई हामीले पक्राउ गरी अनुसन्धान थालेका छौँ, अनुसन्धानपछि सबै जानकारी गराइने छ ।”

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...