चन्द्र भण्डारीको उपहार: बोटेमाझीका घरमा काँग्रेस कार्यकर्ताको रजाईं



हाम्रो इकोनोमि

सरकारले विपन्न वर्गका लागि घर बनाउन दिएको रकम काँग्रेस कार्यकर्ताले दुरुपयोग गरेका छन् । सरकारको जनता आवास कार्यक्रम अन्तर्गत बलिथुमको माझीगाउँ र बम्घाको बोटेगाउँमा आएको लाखाँै रकम उनीहरुले दुरुपयोग गरेका हुन् ।
सिमान्तीकृत बोटेमाझीको घर निर्माणका लागि सरकारले दिएको ११ करोड ७० लाखको उक्त कार्यक्रमलाई चन्द्र भण्डारीले व्यक्तिगत उपहार भन्दै टेण्डर सार्वजनिक नगरी गुपचुप रुपमा काँग्रेस कार्यकर्तालाई ठेक्का दिईएको छ । तर अति विपन्नहरुको घर निर्माण नगरी काँग्रेस कार्यकर्ताको मात्र घर निर्माण प्रकृया शुरु गरीएको र निर्माणको क्रममा पनि रकम दुरुपयोग भएको स्थानीयले आरोप लगाएका छन् ।

‘चन्द्र भण्डारीका आफ्नै मान्छे हुँ भन्दै केयरसिँले आफ्ना नछुटिएका चार भाईलाई एक एकवटा घर बनाउने तर यहाँ बिहान साँझ खान नसक्नेले घर पाएका छैनन’, स्थानीय करबिर माझीले भने – ‘विपन्नले नपाउने, नेताका मान्छेले पाउने के हो ?’

यसरी खुल्यो पोल :

दँशै भन्दा अघि नै काँग्रेस नेता चन्द्र भण्डारी उक्त टोलमा पुगेर पिपलको बोटमुनि सबैलाई जम्मा गरे । माछामासु के खाने हो दँशैमा भनेर सोधे । चुनावको मुखैमा आउँदा नेता भण्डारीको विपन्न परीवारप्रतिको सहानुभुतिप्रति पारी मजुवामा रहेका एमाले नेता चेतन बस्नेत लगायतले आलोचना र खोज शुरु गरे । खोजी गर्दै जाँदा सञ्चारमाध्यममा मैले मेरै तलवबाट उनीहरुका छोराछोरी पढाएँ, दँशैखर्च ५० हजार दिएँ भनेर भनिएको कुरा झुटा सावित भएको पत्ता लगाए । उक्त रकम घर बनाउने रकमबाट कट्टी गर्ने गरी खर्च गरेको खुल्न आएको बस्नेतले बताए ।

बुधबार बिहान बाम गठबन्धनको चुनावी घरदैलो कार्यक्रम गयो । त्यसमा स्थानीय करबिरले गुनासो गरे – ‘जसलाई भोट दिएपनि त्यस्तै हो, किन भोट दिने, विपन्नका लागि आएका घर ठूलाबडाले बनाए, हामीजस्ता उपाय नभएकाले हेरेर बस्ने ।’

काम पनि आफै, पैसा पनि माग्न थाले

चुनाव प्रचार टोलीले त्यसको खोजी ग¥यो । बुझ्दै जाँदा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले आफ्नै छोरा जस्तै गरेर माया गर्ने कार्यकर्ता केयरसिँह माझी र उनका भाई होम बहादुर माझीले मनपरी गरेको खुल्यो । चन्द्र भण्डारीले दिएको उपहार भन्दै केयरसिँह र होम बहादुरले गाउँलेलाई धम्क्याउँदै मनपरी घर बनाउने परीवारको प्राथमिकिकरण गरेको बताए । ‘दँशैमा आएर चन्द्र भण्डारीले टिका लगाई एक एक सय रुपैयाँ दिएर मेरो उपहार तपाइँहरुलाई घर भनेपछि हामी पनि केही बोलेनौ,उतीखेर उपहार भनेर मख्खै थिईम्, अहिले ढुंगा बोक्ने आफै, मिस्कट बोक्ने आफै, दार (काठ) दिने आफै, घडेरी खार्ने आफै’, थानीय आईति माझीले भनिन् ‘अहिले त २५ हजार पनि दिनुपर्छ भनेर भित्रभित्रै भनेका छन्, कहाँबाट दिने हो ।’

ठेकेदारका मान्छेलाई अनिवार्य मासु र रक्सी

घर बनाउन शुरु गरेका झण्डै एक दर्जन परीवारले घडेरी खन्न शुरुगरेदेखि नै सिकाउन भनेर आउने ठेकेदारका मान्छेलाई मासु र रक्सी अनिवार्य दिनुपरेको गुनासो गरे । ‘घर भत्काएर पालमा बसेका छाँै, आफूले बिहान बेलुकाको गुजारा त कसरी धानम भन्ने छ, उनीहरुलाई मासु र रक्सी रे’, स्थानीय सुरमायाले भनिन् – ‘हाम्रा त छोरा बम्बईमा छन, अलिअलि सकम्ला, पोल्तिर गएर हेर्नुस त उनले काँबाट रक्सीमासु ख्वाउने ?’

मंसिरको चिसोमा खुल्ला आकासमुनि

घर निर्माणका लागि भनेर तिहार लगत्तै भएका घरहरु भत्काउन शुरु गरीएको भएपनि अहिलेसम्म जग पुर्ने मात्र काम भएको छ । घर बनाउन शुरु गरेका सबै माझीहरु त्रिपालमुनी बसेका छन् । ‘यी यहि छाप्रोमा बसेका छाँै, घर बन्ने कहिले हो टुंगो छैन’ जग हालेको घरको बाहिर खाना पकाउँदै गरेका छत्रे माझीले भने ‘भएको घर पनि भत्काईयो, छाप्रोमा सुतेर जाडाँ कठ्याग्रिएका छौँ ।’

विद्यालय छाडेर भागे नाईके

भाई होम बहादुरका नाममा पेटी ठेकेदारको जिम्मा लिएका नाईके केयरसिँह माझी बुधरबार पत्रकारको सोधखोज गर्दा भागेका छन् । माझी प्राविका शिक्षक रहेका केयरसिँह विद्यालयमा समेत मौखिक जानकारी मात्र गराई चुनाव प्रचारमा हिँडेको एमाले कार्यकर्ताले आरोप लगाएका छन् । ‘मैले बाटोमा भेट्दा किसिकोट जान्छु भनेर मोटरसाईकलमा गए, विद्यालयमा जानकारी नै रहेनछन’ एमाले नेता चेतन बस्नेतले भने ‘स्कूल छाडेर चुनाव प्रचारमा हिँड्ने के काईदा हो ?’

उनी भाउजुलाई उपचार गर्न भन्दै विद्यालयमा मौखिक जानकारी दिएर गएको विद्यालयकी प्रधानाध्यापक जुना गौतम बताईन् । चुनाव शुरु भएपछि उनी विद्यालय आउनै छाडेको शिक्षकहरुको भनाई रहेपनि प्रधानाध्यापक गौतमले त्यसो नभएको बताईन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...