यी हुन् नेतालाई थैली बुझाएर प्रमुख दलको समानुपातिक बन्दसूचीमा परेका ब्यापारी,कस्ले कुन पार्टीलाई कति बुझाए



प्रमुख दलले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउँदा व्यापारीलाई प्राथमिकतामा राखेका छन्।
नेपाली कांग्रेसले भर्खरै पार्टी भित्र्याएका डलर अर्बपति विनोद चौधरीलाई मधेसी क्लस्टरतर्फ पुरुषको एक नम्बरमा राखेको छ।

चौधरी यसअघि एमालेबाट समानुपातिकमा निर्वाचित भएका थिए। बन्दसूचीमा ९२ औँ नम्बरमा रहे पनि मधेसी क्लस्टरतर्फ पुरुषमा उनी पहिलो नम्बरमा हुन्। बन्दसूचीको एक नम्बरमा सीतादेवी यादव र दुई नम्बरमा चित्रलेखा यादव रहेका छन्। मधेसी क्लस्टरबाट एक पुरुष र एक महिला निर्वाचित हुने स्थिति आएमा चौधरी सांसद बन्ने निश्चित छ।

उता नेकपा एमालेले भने मोतीलाल दुगडलाई मधेसी क्लस्टरको एक नम्बरमा राखेको छ। दुगडले अघिल्लो संविधान सभा निर्वाचनमा नव नेपाल निर्माण पार्टी खोलेका थिए। तर पर्याप्त भोट पाउन नसकेपछि सिट जित्न सकेको थिएन र उनले आफ्नो पार्टी एमालेमा विलय गराए।

यस पटक भने एमालेले मधेसी पुरुष पठाउनु पर्ने भए दुगडको नाम एक नम्बरमा रहेकोले उनको सांसद पद निश्चित छ। त्यसो त पहिलो संविधान सभा निर्वाचनमा पनि दुगड नेपाल सदभावना पार्टीबाट समानुपातिकबाट निर्वाचित भएका थिए। हाल उनी एमालेको केन्द्रीय सल्लाहकार छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीसित दुगडले बलियो सम्बन्ध बनाएका छन्।

दुगडको विराटनगरस्थित होटल ह्यारिसनको उद्घाटन पनि ओलीले नै गरेका थिए। विराटनगर आउँदा ओलीको बास ह्यारिसनमै हुन्छ। शुक्रबार साँझ पनि उनकै होटलमा पूर्वाञ्चलका व्यापारीसँग ओलीको अन्तर्क्रिया भएको थियो। दुगड सेन्चुरी ब्रान्डका मसला, भुजिया, कुरमुरे स्न्याक्स तथा होटलका समेत व्यवसायी हुन्। सनराइज बैँक र गुराँस लाइफ इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष रहेका मोतीलाल दुगडको नामसँग धेरै झुक्किने गरे पनि ती दुगड र यी दुगड फरक हुन्।

नेपाली कांग्रेसको बन्दसूचीमा ११ औँ नम्बरमा सूर्यबहादुर केसीको नाम रहेको छ। पहिले राप्रपाका नेता रहेका पोखराका उद्योगपति एवं पूर्वसांसद केसी यही कात्तिकमा मात्रै कांग्रेस प्रवेश गरेका हुन्। रारा चाउचाउ उत्पादन गर्ने कम्पनी उनकै हो। उनी अध्यक्ष रहेको केसी समूहले बैंकिङ, रियल स्टेट र हाउजिङमा लगानी गरिसकेको छ। केसी समूहको लगानी अहिले जलविद्युतमा पनि छ।

४० औँ नम्बरमा निजी स्कूल व्यवसायी उमेश श्रेष्ठको नाम रहेको छ। लिटिल अन्जेल्स स्कुलका उनी संस्थापक प्रिन्सिपल हुन्। त्यस्तै ४२ औँ नम्बरमा जीपछिरिङ लामाको नाम छ। लामा निर्माण व्यवसायी हुन्। ४३ औँ नम्बरमा दिव्यमणि राजभण्डारीको नाम छ। उनी नेपाल कन्ष्ट्रक्सन एण्ड इञ्जिनीयरिङ कर्पोरेशन प्रालिका प्रबन्ध निर्देशक हुन्।

यसैगरी कांग्रेसको बन्दसूचीको ४६ ‍औँ नम्बरमा देवीप्रसाद भट्टचनको नाम छ। भट्टचन प्रभु बैँकसहितको कम्पनी चलाउने प्रभू समूहका मालिक हुन्। ५१ औँ नम्बरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको नाम रहेको छ।

एमालेको सूचीको नवौँ नम्बरमा पर्यटन व्यवसायी सोनाम ग्याल्जेन शेर्पाको नाम रहेको छ। त्यस्तै ९७ औँ नम्बरमा मधेसी क्लसटरबाट जुलीकुमारी महतोको नाम छ। उनी उपेन्द्र महतोकी बहिनी हुन्।

राप्रपाको बन्दसूचीमा हल व्यवसायी उद्धव पौडेलको नाम ३८ ‍औँ नम्बरमा छ। एमालेमा पैसा बुझाएको भनी विवादमा आएकी राज्यलक्ष्मी गोल्छा यस पटक डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादीको बन्दसूचीको ४३ ‍ औँ नम्बरमा खसआर्य क्लस्टरमा रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा