प्रधानमन्त्रीकी पत्नी राजनीतिक सौता बने पछी कैलालीमा बबण्डर,चुनावकै मुखमा यसरी बम्किए बम,आरजुको उम्मेद्वारी धरापमा



हाम्रो इकोनोमि

नेपाली काग्रेस कैलालीका उपसभापति प्रकाश बमले राजीनामा दिनुभएको छ । साथै उहाँले पार्टीको जिल्ला सदस्यबाट समेत राजीनामा दिएको जानकारी दिनुभएको छ । प्रदेश र प्रतिनिधि सभाको मुखमा जिल्ला पार्टी सभापति बमले राजीनामा दिएपछि काग्रेस कैलालीलाई ठुलो धक्का लाग्ने देखिएको छ ।

बमले आफनो राजनीतिक हत्या भएकोले पार्टी परित्याग नभई राजीनामा मात्रै दिएको बताउनुभयो । मसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा टिकट वितरणको विषयलाई लिएर बमले राजीनामा दिनुभएको हो । उहाँ प्रतिनिधि सभा ४ मा आकाङक्षी हुनुहुन्थ्यो । उहाको नामसर्वसम्मत रुपमा सिफारिस भएको थियो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर ४ बाट उहालाई नसोधि उहाको नाम प्रदेश सभाका क का लागि चयन गरिएको थियो । तर, अन्त्यमा आएर प्रदेशबाट पनि बमको नाम हटाईयको थियो ।

प्रतिनिधी सभा ४ मा काग्रेसले शुनीलकुमार भण्डारीलाई उठाएको छ भने त्यहाँबाट प्रदेश सभा क मा यज्ञराज चौधरी र ख मा हिरादत्त भट्टले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै, कांग्रेसले निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई टिकट दिएको छ त्यसको क बाट जीवन राना र ख बाट डिल्लीराज पन्तको उमेदवारी परेको छ ।

प्रधानमन्त्री पत्नीलाई जिताउनका लागि लामो समयदेखि राजनीतिमा लागेकालाई अन्याय गरेर गोजीबाट उम्मदे्वार चयन गरिएको बमको आरोप छ । डोटी, डडेल्धुरा र राना थारु समुदायको भोट आरजुलाई आउछ भनेर डोटी, डडेल्धुरा र चौधरी, राना थारुका उम्मेद्वार उठाईएको जनाईएको छ ।

बमले आफनो टिकट खोसिदा आफुलाई जानकारी नै नदिएकोले राजीनामा दिनुपरेको बताउनुभयो । आफनो राजनीतिक हत्या भएका बमको ठहर छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...