प्रधानमन्त्रीकी पत्नी राजनीतिक सौता बने पछी कैलालीमा बबण्डर,चुनावकै मुखमा यसरी बम्किए बम,आरजुको उम्मेद्वारी धरापमा



हाम्रो इकोनोमि

नेपाली काग्रेस कैलालीका उपसभापति प्रकाश बमले राजीनामा दिनुभएको छ । साथै उहाँले पार्टीको जिल्ला सदस्यबाट समेत राजीनामा दिएको जानकारी दिनुभएको छ । प्रदेश र प्रतिनिधि सभाको मुखमा जिल्ला पार्टी सभापति बमले राजीनामा दिएपछि काग्रेस कैलालीलाई ठुलो धक्का लाग्ने देखिएको छ ।

बमले आफनो राजनीतिक हत्या भएकोले पार्टी परित्याग नभई राजीनामा मात्रै दिएको बताउनुभयो । मसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा टिकट वितरणको विषयलाई लिएर बमले राजीनामा दिनुभएको हो । उहाँ प्रतिनिधि सभा ४ मा आकाङक्षी हुनुहुन्थ्यो । उहाको नामसर्वसम्मत रुपमा सिफारिस भएको थियो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर ४ बाट उहालाई नसोधि उहाको नाम प्रदेश सभाका क का लागि चयन गरिएको थियो । तर, अन्त्यमा आएर प्रदेशबाट पनि बमको नाम हटाईयको थियो ।

प्रतिनिधी सभा ४ मा काग्रेसले शुनीलकुमार भण्डारीलाई उठाएको छ भने त्यहाँबाट प्रदेश सभा क मा यज्ञराज चौधरी र ख मा हिरादत्त भट्टले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै, कांग्रेसले निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई टिकट दिएको छ त्यसको क बाट जीवन राना र ख बाट डिल्लीराज पन्तको उमेदवारी परेको छ ।

प्रधानमन्त्री पत्नीलाई जिताउनका लागि लामो समयदेखि राजनीतिमा लागेकालाई अन्याय गरेर गोजीबाट उम्मदे्वार चयन गरिएको बमको आरोप छ । डोटी, डडेल्धुरा र राना थारु समुदायको भोट आरजुलाई आउछ भनेर डोटी, डडेल्धुरा र चौधरी, राना थारुका उम्मेद्वार उठाईएको जनाईएको छ ।

बमले आफनो टिकट खोसिदा आफुलाई जानकारी नै नदिएकोले राजीनामा दिनुपरेको बताउनुभयो । आफनो राजनीतिक हत्या भएका बमको ठहर छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...