४५ जिल्लामा ४७०८ जनाको उम्मेदवारी दर्ता



हाम्रो इकोनोमि

२०७४ मंसिर २१ गते हुने दोस्रो चरणका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि भएको उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण र राजनीतिक दलहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ ।

दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको  कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट बेलुका ८ः३० बजेसम्मको विवरण अनुसार, प्रतिनिधिसभातर्फ १,७४२ र प्रदेशसभा सभातर्फ २,९६६ गरी जम्मा ४,७०८ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३४ महिला उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...