यी हुन् वाम गठवन्धनमा देब्रे भएर उठेका वागीहरु,माधब नेपाल सम्मलाई तनाब



हाम्रो इकोनोमि

प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको लागि कम्युनिष्ट गठवन्धन बनाए पनि त्यससँग असन्तुष्ट रहेका नेता कार्यकर्ताहरुले अन्तर्मनको आवाज भन्दै उमेद्वारी दिएका छन्।

पार्टी निर्ण बिरुद्ध गएर उमेद्वारी दिदा धेरै ठाउँमा गठवन्धनलाई टाउको दुखाई भएको छ। कम्युनिष्ट गठवन्धनका नेताहरुले वागी उमेद्वारको सामना गर्नपरेपछि टाउको दुखाई भएको हो।

गठबन्धनमा रहेका एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नै बागीको सामना गर्नु परेको छ । काठमाडौं २ मा एमाले कार्यकर्ता तथा जिल्ला कमिटी सदस्य एलपी श्रेष्ठले नेपालविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । श्रेष्ठ स्थानियबीच प्रभाव राख्न सक्ने नेताको रुपमा चिनिन्छन्।

एक महिनाअघिमात्र एमाले प्रवेश गरेकी गायिका कोमल वलीले दाङ ३ मा आधिकारिक उम्मेदवार हिराचन्द्र केसीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनले ल्याउने मत एमालेको हुन सक्ने अनुमान गरिएको छ।

कम्युनिष्ट गठबन्धन विरुद्ध सल्यानमा प्रतिनिधिसभा र प्रदेशसभाका तीनै सिटमा माओवादी नेताहरुले बागी उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभामा माओवादी नेता टेकवहादुर बस्नेतविरुद्ध पार्टी पोलिटव्यूरो सदस्य तथा पूर्वसभासद उमाकान्त शर्मा उठेका छन् ।

त्यस्तै प्रदेशसभातर्फ क मा एमालेका गुलाबजंग शाहविरुद्ध माओवादी जिल्ला संयोजक भीमप्रकाश शर्मा र ख मा एमालेका प्रकाश ज्वालाविरुद्ध जितवहादुर पुनले उम्मेदवारी दिएका छन् ।

सिन्धुलीमा माओवादी नेता हरिबोल गजुरेलविरुद्ध प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा रामकुमार पौडेलले बागी उम्मेदवारी दिएका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका गणेश पहाडीविरुद्ध उनकै पार्टीका कुमारबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन् ।

सिन्धुली १ को क मा माओवादी उम्मेदवार लेखनाथ दाहालविरुद्ध माओवादीकै जिल्ला उपाध्यक्ष दिलवहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

बारामा कम्युनिष्ट गठबन्धनबाट क्षेत्र नम्बर ३ को क मा ज्वालाकुमारी साहविरुद्ध एमालेका भरत खड्का उम्मेदवार बनेका छन् । रुपन्देही ५ को क मा एमालेका भुमिश्वर ढकालविरुद्ध सोही पार्टीका मिनप्रसाद घिमिरेले बागी उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

मकवानपुरमा स्कारपिओ दुर्घटना, ६ जना घाइते

    मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास...

बागमती प्रदेश मुख्यमन्त्रीले दिए राजीनामा

  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्...

नेवानीका २ एयरहोस्टेज एयरपोर्टबाट पक्राउ

    घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै...