यसकारण अचेल प्रचण्डले गलाभरी लगाउदैनन् माला,र अनुहार रांगाउदैनन् अबिरले



हाम्रो इकोनोमि

निमोनिया भएपछि झण्डै एकसाता अस्पताल बसेका कांग्रेस नेता विमलेन्द्र निधिले मंगलबार सञ्चारकर्मीसँग आफू बिरामी पर्नुको कारण बेमौसमी फूलमाला भएको बताएका थिए। त्यसैले, बुधबार जनकपुर झरेका निधिलाई स्थानीय कार्यकर्ताहरुले स्वागत गर्दा फूलको माला लगाइदिएनन्।
अबिर र माला नलगाउने सूची निधि एक्ला छैनन्, बरु निधिभन्दा अगाडि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि माला लगाउन छाडेका छन्। अक्सर सार्वजनिक सभामा घाँटीभरि माला लगाएर ठाँटिने प्रचण्डको घाँटी चुनावका बेला खाली देखिन्छ। घाँटीमात्र होइन, उनको निधारपनि खाली छ।

यसपटकको चुनावी अभियानमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अविर र मालाले पुरिएका हुने छैनन्। उनले अविर र माला नलागाउनुको कारण भने निधिको जस्तो छैन। उनले निधिले जस्तो निमोनिया वा ब्याक्टेरियाको त्रासले माला र अविर नलागाएका होइनन्।

३ मंसिरमा छोरा प्रकाशको हृदयघातका कारण निधन भएपछि प्रचण्ड परिवार शोकमा छ। त्यसमाथि, प्रकाश दाहालको शोकसभामा गीत गाउँदा–गाउँदै माओवादी केन्द्रका सल्लाहकार समेत रहेका जनवादी गायक खुसीराम पाख्रिनको ५ मंसिरमा हृदयघातका कारण निधन भएपछि चुनावी अभियानभर अविर र माला नलगाउने निर्णयमा प्रचण्ड पुगेका हुन्।

‘अध्यक्ष प्रचण्डले प्रकाश र पाख्रिनको निधनका कारण चुनावी अभियानमा माला र अविर नलगाउनुभएको हो’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘स्वतस्फूर्त रुपमा जनताले माला र अबिर ल्याएको खण्डमा प्रचण्डले प्रदेशसभाका सदस्यलाई लगाइदिनुस्, म लगाउँदिन भन्ने गर्नुभएको छ।’

प्रचण्डले अविर र माला नलगाएपछि माओवादी केन्द्र चितवन–३ को निर्वाचन परिचालन समितिले कार्यकर्तालाई फुलको गुच्छा लिएर आउन भनेको छ। यतिबेला निर्वाचन अभियानमा रहेका प्रचण्डको काँधमा मालाको साटो हातमा फूलको गुच्छा देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...