यसकारण अचेल प्रचण्डले गलाभरी लगाउदैनन् माला,र अनुहार रांगाउदैनन् अबिरले



हाम्रो इकोनोमि

निमोनिया भएपछि झण्डै एकसाता अस्पताल बसेका कांग्रेस नेता विमलेन्द्र निधिले मंगलबार सञ्चारकर्मीसँग आफू बिरामी पर्नुको कारण बेमौसमी फूलमाला भएको बताएका थिए। त्यसैले, बुधबार जनकपुर झरेका निधिलाई स्थानीय कार्यकर्ताहरुले स्वागत गर्दा फूलको माला लगाइदिएनन्।
अबिर र माला नलगाउने सूची निधि एक्ला छैनन्, बरु निधिभन्दा अगाडि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि माला लगाउन छाडेका छन्। अक्सर सार्वजनिक सभामा घाँटीभरि माला लगाएर ठाँटिने प्रचण्डको घाँटी चुनावका बेला खाली देखिन्छ। घाँटीमात्र होइन, उनको निधारपनि खाली छ।

यसपटकको चुनावी अभियानमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अविर र मालाले पुरिएका हुने छैनन्। उनले अविर र माला नलागाउनुको कारण भने निधिको जस्तो छैन। उनले निधिले जस्तो निमोनिया वा ब्याक्टेरियाको त्रासले माला र अविर नलागाएका होइनन्।

३ मंसिरमा छोरा प्रकाशको हृदयघातका कारण निधन भएपछि प्रचण्ड परिवार शोकमा छ। त्यसमाथि, प्रकाश दाहालको शोकसभामा गीत गाउँदा–गाउँदै माओवादी केन्द्रका सल्लाहकार समेत रहेका जनवादी गायक खुसीराम पाख्रिनको ५ मंसिरमा हृदयघातका कारण निधन भएपछि चुनावी अभियानभर अविर र माला नलगाउने निर्णयमा प्रचण्ड पुगेका हुन्।

‘अध्यक्ष प्रचण्डले प्रकाश र पाख्रिनको निधनका कारण चुनावी अभियानमा माला र अविर नलगाउनुभएको हो’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘स्वतस्फूर्त रुपमा जनताले माला र अबिर ल्याएको खण्डमा प्रचण्डले प्रदेशसभाका सदस्यलाई लगाइदिनुस्, म लगाउँदिन भन्ने गर्नुभएको छ।’

प्रचण्डले अविर र माला नलगाएपछि माओवादी केन्द्र चितवन–३ को निर्वाचन परिचालन समितिले कार्यकर्तालाई फुलको गुच्छा लिएर आउन भनेको छ। यतिबेला निर्वाचन अभियानमा रहेका प्रचण्डको काँधमा मालाको साटो हातमा फूलको गुच्छा देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...