एभरेष्ट प्रिमियर लिग खेलको तालिका सार्वजनिक



सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ ।

खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँको किंग्स इलेभेन, ललितपुरको पाट्रिओट्स, विराटनगरको वारियर्स, भैरहवाको ग्लाडिएटर, पोखराको राइनोज र चितवनको टाइगर्स टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछ, जुन नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक पुरस्कार राशि हो । यसअघि प्रधानमन्त्री कपको विजेताले रु २० लाख पुरस्कार पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।