ओलीले चोर औलो देखाउदै भने- कांग्रेसका लागि बहुमत ‘बाँदरको हातमा नरिवल’,३८ ठूला उद्योग कौडीको भाउमा बेचेर खायो झोल



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका लागि बहुमत ‘बाँदरको हातमा नरिवल’ भएको आरोप लगाएका छन्।

ललितपुरको लगनखेलमा आज आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले दुई पटक बहुमत ल्याएर पनि कांग्रेसले जनताका लागि सिन्कोसमेत नभाँचेको बताए।

‘२०४८ मा बहुमत ल्यायो, ३८ ठूला उद्योग कौडीको भाउमा बेचेर खायो,’ उनले थपे, ‘५६ सालमा फेरि बहुमत ल्यायो, दरबारमा लगेर प्रजातन्त्र बुझायो।’ जनताले बहुमत दिँदा पनि कांग्रेसले के गर्‍यो? भन्दै उनले प्रश्न गरे।

लोकतान्त्रिक गठबन्धनलाई ‘दक्षिणपन्थी’ संज्ञा दिँदै ओलीले त्यसभित्र समेटिएका पार्टीलाई हेर्न र बुझ्न आग्रह गरे। देशभक्त, लोकतान्त्रिक प्रगतिशील, राष्ट्रभक्त र राष्ट्रिय गठबन्धन नै वाम गठबन्धन भएको उनको दाबी थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...