मतदान केन्द्रको छनोट गोला प्रथाबाट



हाम्रो इकोनोमि

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने मतदान केन्द्रको छनोट आज गोला प्रथाबाट गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारी, सहायक निर्वाचन अधिकृतद्वय गंगाप्रसाद पौडेल तथा जगन्नाथ पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीको रोहवरमा गोलाप्रथाबाट ३१७ मतदान अधिकृत र त्यतिनै सहायक मतदान अधिकृत खटिने मतदान केन्द्र छनोट गरिएको हो ।

विगतमा सिधै मतदान केन्द्र तोकिदा कसैलाई टाढा र कसैलाई नजिक हुने गरेको गुनासो आएकाले सबैलाई समान व्यवहार गर्न गोलाप्रथा गरिएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताउनुभयो ।

जिल्लाका कुल १५० मतदानस्थलमा हुने सो निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतबाहेक एक हजार ८९९ सहायक कर्मचारी, एक हजार २९९ स्वयंसेवकसमेत गरी तीन हजार ८३२ कर्मचारी सबै मतदान केन्द्रमा खटिने छन् ।

प्रतिनिधिसभाको तीन र प्रदेशसभाको छ निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई लाख ५५ हजार ४५२ मतदाता छन् । निर्वाचनमा विभिन्न १९ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

जिल्लाका कुल मतदानस्थलमध्ये ४९ अतिसंवेदनशील, ५० संवेदनशील र ५१ लाई सामान्य मतदानस्थलका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...