विश्व क्रिकेट लिगका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा



विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

मंसिर २० र २२ गते युएईको अबुधावीस्थित शेख जायेद रंगशालामा हुने खेलका लागि चार वैकल्पिक खेलाडीसहित १८ सदस्ययी टोलीको घोषणा गरिएको हो । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले खेलाडी छनोट गरेको हो ।

छनोट हुनेमा नेपाली टोली कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सागर पुन, करण केसी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, शक्ति गौचन, विनोद भण्डारी र सन्दीप लामिछाने छन् । त्यसैगरी आरिफ शेख, ललितसिंह भण्डारी, तथा दिलीप नाथ छनोटमा परेका छन् भने यता वैकल्पिकतर्फ जितेन्द्र मुखिया, अनिलकुमार शाह, सिद्धान्त लोहनी तथा कुशल भुर्तेल छन् । टोली भोलि युएई जानेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलबार  ०८ : ५५  बजे

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ