विपद् व्यवस्थापन सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा जोड



हाम्रो इकोनोमि

राष्ट्रति विद्यादेवी भण्डारीले प्राकृतिक तथा मानव सिर्जित विपद्लाई न्यूनीकरण गर्न विपद् व्यवस्थापन सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

भौगर्भिक विपद् व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले “दक्षिण तराई, मध्य पहाड, उत्तर हिमालको भू–बनोटले नेपालको भूगोाललाई जति सुन्दर बनाएको छ, विपद्का दृष्टिकोणले त्यतिकै जोखिम क्षेत्र रहेको कुरालाई ख्याल गरिनुपर्छ भन्नुभयो । ”

राष्ट्रपति भण्डारीले विपद् जोखिमलाई न्यूनीकरण गर्न ऐनको प्रभावकारी कार्यान्वयनबाट बाढी, पहिरो, भूकम्प, आगलागी जस्ता विपद्मा मानवीय क्षति कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “दिगो विकासका लागि भू–बनोटको वैज्ञानिक व्यवस्थापनमा ध्यान दिनुपर्छ ।” अहिले पनि भूकम्पपीडितले अस्थायी टहरामा बस्नु परेको छ, पुनःनिर्माणको कार्यलाई अझ प्रभावकारी र चुस्त बनाउनुपर्छ ।”

सो अवसरमा उहाँले भूगर्भविद् कृष्णप्रसाद काफ्लेलगायत १२ जनालाई सम्मान गर्नुभएको थियो । नेपाल भौगर्भिक समाजद्वारा आयोजित सो चार दिने सम्मेलनमा विश्वका ३० भन्दा बढी देशका ४५० भूगर्भविद्को सहभागिाता रहेको छ । तीन दिने सो सम्मेलनमा विशेष गरी विपद् व्यवस्थापन सम्बन्धी दुईसय भन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै विनाशकारी भूकम्पछिको नेपालको पुनःनिर्माण सम्बन्धी कार्यको समीक्षा समेत हुने बताइएको छ ।

सम्मेलन उद्घाटन सत्रमा समाजका अध्यक्ष डा कविराज पौडल, उपाध्यक्ष डा गणेशनाथ त्रिपाठी, सम्मेलन आयोजक समिति संयोजक डा रञ्जनकुमार दाहाल, महासचिव डा कमलाकान्त आचार्यले सम्मेलनका विविध पक्षबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...