यसरी राखिएको छ मतपेटिका,कोठामा तीन ओटा ताल्चा, बाहिर काँडेतार,चौबिसै घण्टा प्रहरीको निगरानी



हाम्रो इकोनोमि

बन्दुक बोकेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले २४ सै घण्टा सुरक्षा दिनेगरी मंसिर २१ गतेसम्म गोरखाको मतपेटिका सुरक्षित राखिने भएको छ। मतपेटिका भण्डारण गरेको कोठामा तीन वटा ताल्चा लगाइएको छ भने बाहिर काँडे तारको बार लगाइएको छ।

स्थानीय प्रशासन, दलहरु र निर्वाचन अधिकृतको कार्यालयले एउटै ढोकामा छट्टाछुट्टै तीन वटा ताल्चा लगाएका छन्। एकआपसमा ताल्चालाई लाहाछाप लगाइएको छ भने ताल्चा खोल्ने साँचो पनि स्थानीय प्रशासन, दल र निर्वाचन अधिकृतको कार्यालयले सुरक्षित तवरले राखेका छन्। मतपेटिका राखिएको क्षेत्र वरपर निगरानी गर्ने गरी दलका प्रतिनिधि बसेका छन्।

मतपेटिका साटिनसक्ने भय र अनुमानका बीच कडा सुरक्षाका साथ मतपेटिका कोठाभित्र भण्डारण गरिएको छ। क्षेत्र नं. १ को मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको महिला तथा बालबालिका कार्यालयको एउटा कोठामा राखिएको भने क्षेत्र नं. २ का मतपेटिका जिल्ला समन्वय समितिको माथिल्लो सभा हलमा भण्डारण गरिएको छ।

मंसिर १० गते पहिलो चरणमा गोरखासहित देशका ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन सकिएको थियो। दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन भएपछि मात्रै पहिलो चरणमा निर्वाचन भएका मतदान केन्द्रहरुको पनि मतगणना सुरु गरिनेछ।

गोरखाका २८२ मतदान केन्द्रका ८४६ वटा मतपेटिका सुरक्षित भण्डारण गरिएको हो। २८ मतदान केन्द्रका ८४ वटा मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको थियो भने अरु मतपेटिका ट्रक, बसलगायत सवारीबाट ढुवानी गरी सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...