अलैँचीको भाउ घटेपछी किसान मर्कामा



हाम्रो इकोनोमि

सोलुखुम्बुको अलैँची पकेट क्षेत्र गुँदेलमा अलैँचीको मूल्य गत वर्षको तुलना यस वर्ष घट्दा कृषक मारमा परेका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि आम्दानी घटेको कृषकले बताएका छन् ।

स्थानीय बजारमा गत वर्ष प्रतिमन (४० किलो) ६० हजारले कारोबार भइरहेको अलैँची यस वर्ष ५८ प्रतिशतले गिरावट भई प्रतिमन २५ हजारमा मात्र कारोबार भइरहेको गुँदेलका स्थानीय व्यापारी सिङकेराम राईले बताए । राईका अनुसार गत वर्ष गुँदेल गाविसमा छ करोड बराबरको अलैँची उत्पादन भएको थियो तर यस वर्ष करिब साढे तीन करोड बराबरको मात्र उत्पादन भएको छ ।

गत वर्ष महाकुलुङ–५, गुँदेलका धनगञ्ज राईले छ मन उत्पादन गरेर बेच्दा तीन लाख ६० हजार आम्दानी भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादन बढ्यो तर आम्दानी भने घटेको छ । यस वर्ष राईले साढे सात मन बेच्दा एक लाख ८२ हजार पाँच सयमात्र आम्दानी भएको राईले बताए । राई भन्हुछन् । खै यसपाली त धेरै फल्यो तर गत वर्षको तुलना थोरै मात्र आम्दानी भयो ।

प्रतिक्रिया दिनुहोस
६ महिनामा वीरगन्ज हुँदै ७ अर्ब ६४ करोडको दलहन भित्रियो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड...

६ महिनामा २० अर्बको धानचामल आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा...

उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...