काँग्रेस उम्मेदवारको घरमा बम विष्फोटन



हाम्रो इकोनोमि

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित नेपाली काँग्रेसका पूर्वसभापति तथा वर्तमान प्रदेशसभा सदस्यका उम्मेदवार हिमाल कार्कीको घरमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

आज बिहान ३ बजेतिर केही अज्ञात समूह आएर घरमा बम राख्न लागेको बेला आफ्नै बुबाले देखेपछि ती समूह बम फालेर भाग्दा विष्फोट भएको उम्मेदवार कार्कीले बताउनुभयो ।

बम विष्फोटनबाट कार्कीको गोठमा रहेको एक भैँसी र गाई घाइते भएपनि मानवीय क्षति भने भएको छैन । जिल्ला प्रहरी कार्यालयको टोली बिहानै घटनास्थलमा पुगेर अध्ययन गर्दा रेडबुलको बट्टालाई बम बनाएर पड्काएको पाइएको बताइएको छ ।

अहिले बम पड्काउने शंकास्पद व्यक्ति र लुक्ने क्षेत्रमा सम्भावित सम्बन्धित व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो ।

निर्वाचन विरोधी गतिविधिमा उदयपुरमा सातजना पक्राउ

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधि गर्नेको खोजी गर्ने क्रममा प्रहरीले हालसम्ममा सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहको कम्युनिष्ट पार्टीमा आबद्ध
जिल्ला सदस्य विष्णु कटुवाल, कमलामाया तामाङ, उद्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेललगायतका छन् भने माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हिमाल राई पनि पक्राउ परेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...