स्वदेशी पूँजी लगानी गर्नुपर्छ: नेता श्रेष्ठ



हाम्रो इकोनोमि

नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले देशमा सञ्चालन गरिने ठूला परियोजनामा स्वदेशी पूँजी परिचालन गरी लगानी गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ स्यूचाटार स्थित दुर्गानगर कोलनीमा संयुक्त वाम गठबन्धनले आज आयोजना गरेको चुनावी कार्यक्रममा उहाँले चन्द्रागिरिको ऐतिहासिक महत्व रहेको र त्यहाँका भालेश्वर महादेवस्थल, इन्द्रदहलगायत सम्पदास्थलका रुपमा विकास गरी पर्यटकलाई आकर्षित गरेर स्थानीय क्षेत्रमा रोजगार सिर्जना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले थानकोटदेखि कलंकी र कलंकीदेखि बल्खुको सडक विस्तारलाई समयमै सम्पन्न गर्न आफूले भूूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही क्षेत्र प्र्रदेश ९२० का उम्मेदवार केशवप्रसाद पोखरेलले शिक्षा, स्वास्थ्य, रोजगारलगायत उत्पादनशील क्षेत्रमा गरिने लगानीले त्यहाँको पूर्वाधार विकास निर्माणमा सहयोग पुग्ने बताउँदै स्थानीयवासीलाई लाभान्वित हुने गरी लगानी वृद्धि गर्ने आर्थिक गतिविधि सञ्चालन गरी नागरिकलाई समृद्ध बनाउन आफू सधैव क्रियाशील रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...