सेयर बजार: नेप्से घटेपनि कारोबार रकम बढ्यो



हाम्रो इकोनोमि

सोमबार नेप्से ०.६ अंकले घटेर १५१३.७४ अंकमा झरेको छ। यसदिन १५९ कम्पनीका १२ लाख ६७ हजार कित्ता शेयर ६५ करोड ७१ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन ।

जलविद्युत वित्त र अन्य बाहेक बाँकी सबै सूचक ओरालो लागेको पछि बजार करिब एक अंकले घटेको हो । बैंक समूह १.३ , होटेल समूह ३५.२३ ,विकास बैंक ४.९७ , इन्स्योरेन्स समूह ३२.५३ ,अन्य समूह ४.६३ र लघुवित्त २.७९ अंकले घटेको बजारमा जलविद्युत समूह २४.१ , फाइनान्स समूह ३.६६ , अन्य ४.६३ अंकले बढेको छ ।

सबैभन्दा बढी चिलिमेको ६ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भयो । यसदिन कालिका माइक्रो क्रेडटको सेयरमूल्य सबैभन्दा धेरै आठ प्रतिशतले बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको मूल्य सबैभन्दा धैरै ६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...