एडीबीद्वारा १५ अर्ब ४० करोड ऋण सहयोग



हाम्रो इकोनोमि

काठमाण्डौं । एशियाली विकास बैंकले विभिन्न आठ वटा नगरपालिकाको सहरी विकासका लागि १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता गर्ने भएको छ ।

विरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भिमदत्त, धनगढी , गोदावरी र शुक्लाफाँट नगरपालिकाको सहरी विकासका लागि एशियाली विकास बैंकले ऋण सहायता उपलब्ध गराउन लागेको हो।

अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी र एशियाली विकास बैंकका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

एशियाली विकास बैंकले उपलब्ध गराउने ऋण सहायता रकमको आठ वर्षसम्म सयकडा १ प्रतिशत र त्यसपछि १ दशमलव ५ प्रतिशत व्याज नेपालले तिर्नुपर्ने छ। मुख्यगरी, यो आयोजना लागू हुने नगरपालिकाहरूमा आवश्यकता अनुसार बाढी नियन्त्रण र रोकथामका संरचना, २ सय किलोमिटर बढी ढल निकास, २ सय ४० किलोमिटर सडक निर्माण, ४० किलोमिटर फुटपाथ, ४ वटा ल्याण्डफिल्ड साईट बन्ने अर्थ सचिव शंकर प्रसार अधिकारीले जानकारी दिए।

दिगो सहरी विकासका लागि उपलब्ध गराउने भनिएको ऋण सहायताले नगरपालिकाको क्षमता अभिवृद्धि र जलवायु परिर्वतनसँग अनूकुल हुने कार्यक्रम समेत गरिने छ । यो आयोजना सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा रहेर ३१ डिसेम्बर २०२२ भित्र सम्पन्न गरिने सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...