हाइड्रोको एक लाख ४६ हजार कित्ता लिलामी सेयरको आवेदन खुल्यो



हाम्रो इकोनोमि

काठमाण्डौं । सानिमा माई हाइड्रोपावर कम्पनीले लिलामीमा राखेको एक लाख ४६ हजार ५९२ कित्ता सेयरको आवेदन खुलेको छ । बैंकले हकप्रदमा अवितरित उक्त सेयरमा मंसिर ११ गतेदेखि मंसिर १९ गतेसम्म आवेदन गर्न पाइनेछ ।

हाईड्रोपावरले साउन २७ देखि भदौ २९ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्दा अवितरित सेयर अहिले लिलामी मार्फत विक्री गर्न लागेको हो ।

यस लिलामीमा विक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरि मंसिर १९ गतेसम्म लिलामीमा आवेदन भर्न सक्नेछन् ।

शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ । ५० हजार रुपैयाँ भन्दा बढीको आवेदन गर्ने आवेदकले गुड फर पेमेन्ट चेक मार्फत आवेदन गर्नुपर्नेछ ।

लिलामी आवेदन काठमाडौं उपत्यकाभित्र सनराइज क्यापिटल कमलपोखरीमा तथा उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास अनावश्यक स्टक नगर्न निगमको अनुरोध

     नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

    नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ ।...

भारतमा बजेट भाषण, १२ अर्बभन्दा बढी नेपाललाई अनुदान

    नेपाललाई भारत सरकारले आगामी आर्थिक वर्षमा ७ सय करोड भारतीय रुपैया...