नेपाल ईन्टरनेशनल सेरिजमा १९ राष्ट्र सहभागी हुने



हाम्रो इकोनोमि

काठमाण्डौ । बिश्व ब्याडमिन्टन महासंघ तथा ब्याडमिन्टन एशिया कन्फेडेरेशनको सहयोगमा तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपाल ईन्टरनेशनल सेरिज २०१७ ब्याडमिन्टन प्रतियोगिता पौष महिना हुने भएको छ ।

डिसेम्बर २१ देखि २५ तारिख सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहित एशिया तथा अमेरिकाका गरि १९ राष्ट्रको सहभागिता रहने छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा अष्ट्रेलिया, बंगलादेश, भुटान, हङ्गकङ्ग, भारत, ईन्डोनिसिया, ईरान, जोर्डन, मलेसिया, मालदिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान, सिंगापुर, सिरिया, थाईल्याण्ड, भियतनाम र चिलीका २२५ खेलाडीहरुले सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव तथा सिरिका डेपुटी रेफ्री लवभक्त श्रेष्ठले जानकारी गराए ।

८ हजार डलर पुरस्कार राशीको प्रतियोगितामा महिला÷पुरुष एकल र जोडी तथा मिक्स जोडीमा प्रतिस्पर्धा गराइने छ । २५३ म्याच रहेको प्रतियोगितामा पुरुष एकलमा ११३ खेलाडीहरुको सहभागिता रहने छ । यस्तै महिला एकलमा ५१, पुरुष जोडीमा ४३ जोडी, महिला जोडीमा १८ जोडी र मिस्क जोडीमा ३३ जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...