एसिड प्रहार पछी मतपेटिकामा आगो लगाइयो,२५० मत मध्ये आधा जलेर खरानी



हाम्रो इकोनोमि

रुकुम पश्चिमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधिसभा अन्र्तगत प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको हो ।
मतपेटिकाबाट धुवाँ निस्किएपछि तत्काल पानी हालेर आगो निभाइएको थियो । पूरै मतपेटिकामा नभएर केही मत पत्र मात्रै जलेको प्रहरीले जनाएको छ । मतपेटिकामा कसरी आगो लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ ।
आगलागी भएपछि अहिले मतदान कार्य रोकिएको छ भने सर्वदलिय बैठक बसिरहेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार त्यस मतपेटिकामा २५० मत खसेको थियो ।
एसिड हालेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नजिकै बम पनि विष्फोटक भएको स्थानीयबासिन्दाले जानकारी दिए पनि प्रहरीले पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...