सुबिधा र अबसरको खोजीमा तराई झरेकालाई पहाड फर्काउने गरी बिकाश गर्ने यस्तो मन्त्र सुनाए पाण्डेले,चितवनबासी यसरी बने हर्षित



हाम्रो इकोनोमि

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा चितवनको क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले भण्डारा मलेखु सडक निर्माण पूरा भएपछि पहाडबाट तराइ झरेकाहरु अवसरको खोजीमा पुन पहाड आउने बताएका छन् ।

चुनावी कार्यक्रम अन्र्तगत कोराकको आँपपानीमा भएको सभालाई सम्वोधन गर्दै उनले विकास भएन भन्दै तराइ झरेकाहरु अव पहाड उक्लने बताए । चितवनको कोराक लोथर लगायतका पहाडका वासिन्दा अवसरको खोजीमा तराइमा झरे उनले भने, अहिले यही पहाडमा मोटर बाटो पुगेर अवसरको बाटो खुलेको छ । भण्डारा मलेखु सडक छिट्टै निर्माण पूरा भएर मुग्लिन नारायणगढको वैकल्पिक राजमार्गको रुपमा विकास भएपछि यहा अवसरका धेरै ढोका खुल्नेछ ।

यहाँको चोक चौतारी र वस्ती व्यापारिक केन्द्र वन्नेछ । निर्माणको क्रममा रहेको यो बाटोको मुख्य स्थानहरुमा अहिले जग्गाको मुल्य आकासिएको भन्दै उनले भने होटल, रेष्टुरेन्ट तथा अन्य व्यापार गर्नेहरुको लागि यो मार्ग धेरै अवसरको स्थान हुनेछ । यो वाहेक कृषि उत्पादनलाई सजिलै बजारसम्म पु¥याउन सकिने भएकाले आर्थिक गतिविधि वढ्ने बताए । कार्यक्रममा उनले चेपाङ्ग मार्गको रुपमा रहेको यो बाटोकै कारण चितवन, मकवानपुर, धादिङ्गका व्यक्तिको जीवनमा सकरात्मक प्रभाव पर्ने वताए ।

पाण्डेले एमाले माओवादीकेन्द्र बिच तालमेल भएर आगाडि वढेको वाम गठवन्धनले जनताको जीवन स्तर उकास्ने र राष्ट्रको सम्वृद्धि तर्फ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । यो गठवन्धनलाई जनताले स्थान दिनेमा आफूलाई विश्वास लागेको भन्दै विकास गर्ने व्यक्तिलाई काम गर्ने अवसर दिन अनुरोध गरे । कार्यक्रममा सहभागी भएका स्थानीयले मेहनत गरेर खान सक्ने वातावरण भए हामीलाई अरु केही नचाहिने बताए । सडकले आफूहरुको दैनिक जीवनमा ठुलो सहयोग पुगेको भन्दै छिट्टै कालोपत्रे भएको देख्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...