सुबिधा र अबसरको खोजीमा तराई झरेकालाई पहाड फर्काउने गरी बिकाश गर्ने यस्तो मन्त्र सुनाए पाण्डेले,चितवनबासी यसरी बने हर्षित



हाम्रो इकोनोमि

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा चितवनको क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डेले भण्डारा मलेखु सडक निर्माण पूरा भएपछि पहाडबाट तराइ झरेकाहरु अवसरको खोजीमा पुन पहाड आउने बताएका छन् ।

चुनावी कार्यक्रम अन्र्तगत कोराकको आँपपानीमा भएको सभालाई सम्वोधन गर्दै उनले विकास भएन भन्दै तराइ झरेकाहरु अव पहाड उक्लने बताए । चितवनको कोराक लोथर लगायतका पहाडका वासिन्दा अवसरको खोजीमा तराइमा झरे उनले भने, अहिले यही पहाडमा मोटर बाटो पुगेर अवसरको बाटो खुलेको छ । भण्डारा मलेखु सडक छिट्टै निर्माण पूरा भएर मुग्लिन नारायणगढको वैकल्पिक राजमार्गको रुपमा विकास भएपछि यहा अवसरका धेरै ढोका खुल्नेछ ।

यहाँको चोक चौतारी र वस्ती व्यापारिक केन्द्र वन्नेछ । निर्माणको क्रममा रहेको यो बाटोको मुख्य स्थानहरुमा अहिले जग्गाको मुल्य आकासिएको भन्दै उनले भने होटल, रेष्टुरेन्ट तथा अन्य व्यापार गर्नेहरुको लागि यो मार्ग धेरै अवसरको स्थान हुनेछ । यो वाहेक कृषि उत्पादनलाई सजिलै बजारसम्म पु¥याउन सकिने भएकाले आर्थिक गतिविधि वढ्ने बताए । कार्यक्रममा उनले चेपाङ्ग मार्गको रुपमा रहेको यो बाटोकै कारण चितवन, मकवानपुर, धादिङ्गका व्यक्तिको जीवनमा सकरात्मक प्रभाव पर्ने वताए ।

पाण्डेले एमाले माओवादीकेन्द्र बिच तालमेल भएर आगाडि वढेको वाम गठवन्धनले जनताको जीवन स्तर उकास्ने र राष्ट्रको सम्वृद्धि तर्फ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । यो गठवन्धनलाई जनताले स्थान दिनेमा आफूलाई विश्वास लागेको भन्दै विकास गर्ने व्यक्तिलाई काम गर्ने अवसर दिन अनुरोध गरे । कार्यक्रममा सहभागी भएका स्थानीयले मेहनत गरेर खान सक्ने वातावरण भए हामीलाई अरु केही नचाहिने बताए । सडकले आफूहरुको दैनिक जीवनमा ठुलो सहयोग पुगेको भन्दै छिट्टै कालोपत्रे भएको देख्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...