कुन नेताले कहाँबाट गरे मतदान हेर्नुहोस फोटो



हाम्रो इकोनोमि

काठमाडौं । पहिलो चरणमाअन्तर्गत प्रदेशसभा र प्रतिनिधिसभाको ३२ जिल्लामा मतदान सुरु भएको छ ।  मुलुक संघीय संरचना प्रवेश गरेपछि पहिलोपटक हुन लागेको निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताहरु पनि मतदाता छन् । मतदाता बनेका केही नेताले आफैलाई मतदान गर्न पाउँदैनन् ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आज गोरखाको पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि खोप्लाङ मतदान केन्द्रमा मतदान गर्दैछन् ।

नेकपा एमालेका नेता सचिव योगेश भट्राई ताप्लेजुङ् जिल्ला मैवाखोला गाउपालिका वडा नं ३ को नारायणी उमाबि मतदान केन्द्रमा बिहान ७ .३० बजे मतदान गरेका छन ।

पूर्व प्रधानमन्त्री भट्टराईसँग चुनावी प्रतिष्पर्धामा गरिरहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

एमाले सचिव योगेश भट्टराईले पनि पहिलो चरणका मतदाता गर्दैछन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यतमा लडेका भट्टराईले मैवाखोला गाउँपालिका–३ नारायणी उमावि केन्द्रमा मतदान गर्दैछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–२ को महेन्द्रोदय उमावि केन्द्रबाट मतदान गर्दैछन् । मा छ ।

माओवादी नेता एवं विना विभागीय मन्त्री जनार्दन शर्माले रुकुमको मुसिकोट नगरपालिका–५ यमुनानन्द नमूना उमावि केन्द्रमा मतदान गर्दैछन् ।

४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदार पृथ्वी सुब्बा गुरुङले लमजुङले क्व्होलासोथार गाउँपालिका–९ बुद्धोदय मावि मतदान केन्द्रमा मतदान गर्दैछन् ।

कांग्रेस नेता चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...