एक महिना भित्र बाम गठवन्धनले बहुमतको सरकार बनाउने महासचिव ईश्वर पोखरेलले गरे ठोकुवा



हाम्रो इकोनोमि

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले लामो समयदेखि चल्दै आएको राजनीतिक दुर्दशाको चाँडै अन्त्य हुने वताउनुभएको छ ।
राजनीतिक स्थिरता हुन नसकेकै कारण लामो समय मुलुक अस्तव्यस्त भएको भन्दै महासचिव पोखरेलले अवको एक महिनापछि दुईतिहाई वहुमत सहितको वामपन्थी नेतृत्वमा सरकार बन्ने दावी गर्नुभयो ।
उहाँले वामपन्थी नेतृत्वमा वन्ने सरकारले आगामी ५ वर्ष मुलुकमा परिणाम निकाल्ने गरि काम गर्ने योजनाका वनाएर आएको दावी गर्दै कसैको भूलभुलैया नपरी निर्धक्क भएर मतदान गर्ने आग्रह गर्नुभयो ।


महासचिव पोखरेलले प्रत्येक ६ ÷६ महिनामा सरकार वनाउने र गिराउने सिलसिलाको अन्त्य नभै मुलुकले विकास र सम्वृद्धि प्राप्त गर्न नसक्ने भनाई राख्नुभयो । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधीसभा उम्मेदवार समेत रहनुभएका पोखरेलले सरकार बनाउने र गिराउने खेलमा लागेर लामो समय राजनीतिक नेतृत्व लट्पटिएको बताउनुभयो । उहाँले अव त्यस्तो कुकर्म हुन नदिने गरि वाम गटवन्धनलाई मतदान गरि अत्याधिक बहुमत दिन आग्रह गर्नुभयो ।
‘दुर्भाग्यपूर्ण कुरा नै भन्नुपर्छ यसविचमा सरकार बनाउने र ढाल्ने कुरा सामान्य जस्तै वन्यो, सरकार टेको लगाएर टिकाउने र अर्कोले त्यसलाई ढाल्ने सिलसिला जसरी लामो समय चल्यो र त्यसैमा राजनीतिक नेतृत्व लट्पटियो’– काठमाडौं– ५ स्थित गैरीधारामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो –‘यसले देशको अर्थतन्त्र चौपट ग¥यो, परनिर्भर हुने स्थिती पैदा गरायोे, कुनै उत्पादन हुने कारखाना निर्माण गर्ने सकेन्न, तर अव इतिहाँसको त्यस्तो दुष्चक्र त्यसरी दोहोरिदैंन, किनभने अव मुलुकमा वामपन्थी गठवन्धनले जित्दैछ ।’
महासचिव पोखरेलले वामगठवन्धनले वहुमत प्राप्त गरेर एक महिनाभित्र सरकार बनाएपछि आम जनताले अनुभूत हुने गरि काम गरेर देखाउने बताउनुभयो । उहाँले वामपन्थी गठवन्धनको साझा संकल्प र प्रतिवद्धतामा आधारित भएर काम गर्ने वताउनुभयो ।


राजनीतिक स्थिरतामा मात्रै नेतृत्वको योग्यताको मापन हुने भन्दैं अव वामगठवन्धनलाई एकपटक दुईतिहाई वहुमत दिएर मुलुक बनाउने जिम्मेवारी सहित अवसर प्रदान गर्ने उहाँले आग्रह गर्नुभयो । ‘मुलुकको भाग्य र भविष्यको रथ सम्वृद्धि तर्फ लैजाने कि फेरी उही दुस्चक्रमा फसाउने अव फैसलाा गर्नुस’ उहाँले भन्नुभयो–‘विगतमा कहिले दुई तिहाइ र कहिले वहुमत सहितको जनमत पाएर पनि योग्यता प्रदर्शन गर्ने नसक्ने काँग्रेसले आँखा नचम्काए हुन्छ ।’
कार्यक्रममा काठमाडौं ५ प्रदेशसभा १ तर्फका उम्मेदवार नारायण सिलवालले जनताको शिर उचो पार्ने गरि आफुले काम गर्ने वताउनुभयो ।
यसैविच, वुढानिलकण्ठ नगरपालिकाका वडा नंं ५ का काँग्रेसका स्थानीय नेता निरन शाह ठकुरी र मुकुन्द सापकोटा एमालेमा प्रवेश गर्नुभएको छ । कम्फर्ट हाउजिङमा आयोजित मतदाताको अन्तक्र्रिया कार्यक्रममा दुवैजना एमाले प्रवेश गर्नुभएको हो । नवप्रवेशीलाई महासचिव पोखरेल र निर्वाचन परिचालन कमिटीका संयोजक तथा पार्टी केन्द्रीय सदस्य सूर्य थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कम्फर्ट हाउजिङका अगुवाहरुले स्थायी सरकार हुँदा मात्रै देश विकास हुन सक्ने भन्दैं मुलुक अहिले त्यो सम्भावनाको नजिक भएको बताए ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...