पोखरा पुगेर ओलीले भने कास्कीमा सबै सिट बाम गठबन्धनले जित्छ , कांग्रेसको १ सिटपनि नआउने ओलीको दाबी



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नु पर्ने बताएका छन् ।

 

एमाले एक्लैले महानगर जितेको स्मरण गर्दै ओलीले भने, ‘अहिले एमाले र माओवादी मिल्दा फेरि कतै विजुलो उम्किएर आयो भने लाज हुँदैन हामीलाई । कोही पनि आउनु हुँदैन । नौ का नौ वामपन्थी गठबन्धन आउनुपर्छ ।

ओलीले अघि थपे, ‘कास्कीका जनताले अब गाउँखाने कथामा जस्तै भनिदिनुपर्छ, कास्की जिल्लाको सेरोफेरो सबै हाम्रो । अन्त कहाँ कहाँ खोज्न पर्छ खोज ।’

झण्डै आधा घन्टा लामो भाषण गरेका एमाले अध्यक्ष ओलीले चुनावपछि वामपन्थी सरकार बन्ने र केरुङबाट काठमाडौंसम्म आउने रेललाई पोखरा ल्याइने बताए । उनले अघि भने, ‘अब रेल ल्याइन्छ, ल्याइन्छ । त्यो दिन धेरै टाढा छैन । ‘

एमाले अध्यक्ष ओलीले पुसपछि मुलुकमा नेपाली कांग्रेस नेतृत्वको सरकार नरहने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...