चितवनमा कांग्रेस पार्टी छोडेर एक दर्जन भन्दा बढी नेता कार्यक्रता माओबादीमा प्रवेश, प्रचण्डले भने अब यो देशको विकास बाम गठबन्धनले मात्र गर्छ



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताउनुभएको छ ।

संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गर्नुभयो ।

चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो “सही समयमा सही निर्णय गर्नुपर्छ ।”
उहाँले यो देशको सामाजिक न्यायका निम्ति आफ्नो उम्मेदवारी रहेको भन्दै अब आफ्नो एजेण्डा आर्थिक समृद्धिको हुनेछ भन्नुभयो ।

लामो समयसम्म राजनीतिक उपलब्धि प्राप्तिका लागि लागेको चर्चा गर्दै अध्यक्ष दाहालले अब हामी सबै मुलुकको समृद्धिका लागि जुट्नुपर्ने बताउनुभयो ।

उहाँले चितवनको विकास र समृद्धिका लागि आफू गृहजिल्ला आएको पनि बताउनुभयो ।

सो अवसरमा भरतपुर महानगरपालिका–१९ को बखान सहकारी संस्थाका अध्यक्ष मोहनसिंह लामा, प्रकृति आमा समूहकी अध्यक्ष सन्जु तामाङलगायत काँग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उहाँहरु अध्यक्ष दाहालले पार्टीमा स्वागत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...