लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ्, बाख्राकै कारण चुनाव हार्दै छन गगन, प्याक्टले किन निकाल्यो गगनका पक्षमा विज्ञप्ति



काठमाडौं, मंसिर ७ । लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ् भन्ने उखान यतिखेर कृषि विकास मन्त्रालय मातहतमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनाका प्रमुख गोविन्दप्रसाद शर्माले काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका गगनलाई राम्रै दनक दिएका छन् ।
व्यवसायिक कृषि तथा व्यापार आयोजनाबाट रकम लिएर कृषि व्यवसाय गरेका गगन थापाले काम नै नगरी रकम लिएको साधारण समाचारलाई गोविन्दले ठुलै विषयबस्तु बनाईदिएका छन् । गगन थापाले व्ययवसायिक कृषि तथा व्यापार आयोजनाबाट रकम लिए वा लिएनन् भन्ने कुरा फरक होला तर उनले बाख्रा पाल्छु, मासु पसल खोल्छु भनेर नै प्रस्ताव पेश गरेका हुन् ।

गगन थापाले पेश गरेको प्रस्ताव परियोजनाले नदिने कुरै भएन । गगन थापा मात्र होइनन् अन्य नेताले पनि सो आयोजनाबाट आफ्नै नाममा नभएपनि एकाघरभित्रका परिवारका नामबाट परियोजना पारेका भने छन् । तर गगन थापा किन चर्चामा ल्याईए वा बनाए त्यो कुरा नै महत्वपूर्ण हो ।
गगन थापाले आफूले कृषि तथा जलश्रोत समितिको सभापति भएकै कारण प्याक्ट आयोजनामा परेको परियोजना नलिएको हो भन्नु गलत हो । साधारण किसानले पाउनु पर्ने परियोजनामा गगन थापाले प्रस्ताव हाल्नु भनेको शक्तिका आडमा प्रस्ताव स्वीकृत गराउनु हो भन्दा पनि ठिक हुन्छ ।
गगन थापाले प्याक्टमा परियोजना हाल्नु र स्वीकृत हुनु र रकम लिएको छैन भन्नु झुठको खेती हो भन्दा फरक नपर्ला ।
गगन थापाले जुन जुन योजनाका लागि प्रस्ताव हाले त्यसबाट फाइदा हुने नदेखिएपछि न त गोल्फुटारमा मासु पसल खुल्यो न त बाख्रा पालन नै भयो । तर पाउनु पर्ने स्वीकृत परियोजनाको रकम भने माग गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो । जव अख्तियारमा उजुरी प¥यो तव मात्र गगनले काम नभएकाले रकम भुक्तानी लिन्न भन्ने निवेदन समेत पेश गरेका हुन् ।
किन आयो प्रेस विज्ञप्ति
गगन यतिखेर काठमाडौंमा क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष उम्मेदवार हुन् । शक्तिमा रहँदा गगनले सरकारी सम्पत्ति दुरुपयोग गरेका उदाहरण मतदातालाई जानकारी हुनु आवश्यक पनि छ । त्यसैले कुनै अनलाईनले गगनका विपक्षमा समाचार प्रकाशन गर्नु जायज छ । प्रकाशित समाचारको चित्त नबुझेमा गगन स्वयंले सो प्रकाशनलाई खण्डन छाप्नका लागि आग्रह पनि सक्छन् । तर त्यसो भएन । गगन थापाले निकाल्नु पर्ने प्रेस विज्ञप्ति नेपाल सरकारको हजारौं रकम खर्चेर प्याक्ट आयोजनाले प्रकाशित ग¥यो । आयोजनाले यसरी व्यक्तिका लागि रकम खर्चेर विज्ञप्ति प्रकाशित गर्नु नै नियम विपरित छ । आयोजना प्रमुख नेपाली कांग्रेस निकट कृषि विकास मन्त्रालयका सहसचिव भएका कारण गगनलाई जोगाउन उनले यो विज्ञप्ति प्रकाशित गरेका हुन् । जुन विज्ञप्तिले गगन थापाको समर्थन भएन बरु गगन थापाले रकम कुम्ल्याउन खोजेका थिए भन्ने कुराको पुष्टि गरिदिएको छ ।
को हुने गोविन्द शर्मा ?
कृषि विकास मन्त्रालयका सहसचिव गोविन्दप्रसाद शर्मा यतिखेर व्यवसायिक कृषि तथा व्यापार आयोजनाका निर्देशक हुन् । रामपुर क्याम्पस पढ्दादेखि नै नेपाली कांग्रेस निकट रहेरका उनी कृषि विकास मन्त्रालयका विभिन्न कार्यालयमा रहेर काम गरे । आफूलाई अत्यन्तै विद्धान देखाई टोपल्ने शर्मा प्याक्टमा आउनु अघि तरकारी विकास निर्देशनालयमा कार्यक्रम निर्देशकका रुपमा कार्यरत थिए । एक बर्ष अगाडि मात्र अष्ट्रेलियामा पढेर फर्केका उनी कृषि विभागको महानिर्देशकका लागि लागेको थिए । अघिल्लो सरकारका पालामा गौरीशंकर चौधरी कृषि मन्त्री हुँदा उनलाई प्याक्ट आयोजनामा ल्याइएको थियो । अहिले प्याक्ट आयोजना सकिन लागेको र कृषि मन्त्री पनि आफ्नै भएकाले उनी अहिले प्याक्टबाट सरुवा भएर कि महानिर्देशक कि मन्त्रालयको नीति तथा वैदेशिक सहयोग समन्वय महाशाखाको प्रमुखका रुपमा सरुवा हुन चाहिरहेका छन् । अहिले गगनका पक्षमा सरकारी रकम खर्चेर विज्ञप्ति निकाल्न उनलाई गगन थापाले नै निर्देशन दिएको र सोही बमोजिम गरिएको बताइएको छ ।
गगनको आयो धुर्मुसको पनि आउँछ विज्ञप्ति ?
व्यवसायिक कृषि तथा व्यापार आयोजना किसानका लागि भन्दा पनि नाम चलाएर कृषि व्यवसाय गरे जस्तो गर्नेहरुको लागि हो कुरा आयोजनामा परियोजना पार्ने व्यक्तिहरुबाट नै प्रष्ट भएको छ । अहिले गगन थापाको चर्चा चलिरहँदा उनका पक्षमा प्याक्टले हजारौ सरकारी रकम खर्चेर रकम नलिएको पुष्टि गर्न खोजिरहेको छ । सञ्चार माध्यममा समाचार आएकै कारण सरकारी निकायले व्यक्तिका लागि सरकारी रकम खर्चेर विज्ञप्ति निकाल्न मिल्छ । आयोजना प्रमुख गोविन्दप्रसाद शर्माले विज्ञप्तिको रकम आयोजनाबाट नै भुक्तानी गर्न पाउँछन् ? यदि उनले गगनका पक्षमा निकालिएको विज्ञप्तिको भुक्तानी प्याक्ट आयोजनाबाट गरे भने त्यो अख्तियारी दुरुपयोग गरिएको हुने छ ।
यसै प्रसंगमा अहिले गगनसँगै अनुदान लिन प्रस्ताव स्वीकृत गरेर काम नगर्ने व्यक्ति हाँस्य कलाकार सीताराम कट्टेल पनि हुन् । सीताराम कट्टेलले पनि प्याक्ट आयोजनाबाट रकम लिएर बंगुर पालन गर्ने भन्दै लाखौं रुपैयाँ लिएका छन् तर उनले प्याक्टबाट रकम लिईसकेपछि बंगुर पालन पाल्न छाडेका छन् । धुर्मुसले प्याक्टबाट लिएको रकम दुरुपयोग भएको छ । यदि दुरुपयोग भएको छैन भन्ने हो भने प्याक्ट आयोजनाले धुर्मुस अर्थात सिताराम कट्टेलको बंगुर फार्म कहाँ छ खोज्नु पर्दछ । नत्र व्यवसायिक कृषि तथा व्यापार आयोजनाका आयोजना निर्देशक गोविन्द शर्माले फेरि अर्को विज्ञप्ति निकाल्नु पर्ने देखिन्छ । गगनको विज्ञप्ति आउने धुर्मुसको किन नआउने ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा