देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रो काँधमा : दाहाल



हाम्रो इकोनोमि

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थिर सरकारका लागि कम्युनिष्ट केन्द्र निर्माण गर्न लागिएको बताउनुभएको छ ।

योङ्ग कम्युनिष्ट लिग (वाइसियल) नेपाल र युवा संघ नेपालको चितवन क्षेत्र नं ३ को संयुक्त भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्थिर सरकारले मात्रै युवालाई रोजगारीको अवसर सिर्जना गर्नसक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “नेपाल जहिले पनि राजनीतिक स्थिरताको भूमरिमा प¥यो, धेरै सरकारले नेपालमा विकास र समृद्धिको पहल गर्न सकेनन् तर, पूर्व प्रधानमन्त्री मनमोहन, केपी ओली र मैले सरकारको नेतृत्व गर्दा केही नयाँ रेकर्ड बनाएका छौंँ, हाम्रो नेतृत्वका सरकारहरुले जनता र राष्ट्रको पक्षमा अरुभन्दा राम्रो काम गरेर रेकर्ड बनाएको छ ।”

सत्तरी वर्षदेखि अस्थिरताको भूमरिमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी हाम्रै काँधमा आएको भन्दै उहाँले भन्नुभयो– “हामीले नै देशको जिम्मा लिनुपर्छ, कम्युनिष्टहरुको बलियो एकताले मात्र बहुमतको सरकार दिनसक्छ, राजनीतिक स्थिरता दिनसक्छ ।” स्थिर सरकार बने मात्रै देश विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने अध्यक्ष दाहालले बताउनुभयो ।

उहाँले स्वदेशमा रोजगारी दिन नसक्दा लाखाँैं युवा विदेशिएको बताउँदै केही आम्दानी भए पनि विदेशमा स्वाभिमानी भएर बाँच्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो– “खाडीमा नेपाली मजदुर पीडा र आतंकका बीचमा बाँचिरहेका छन् ।”

युवालाई उच्च मनोबलका साथ एक ढिक्का भई निर्वाचनमा होमिन आग्रह गर्दै उहाँले युवालाई योजनावद्ध रूपमा आक्रमक ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो– “युवालाई रक्सी र मासुको भूलभूलैयामा राखेर युवाको अपमान गर्नेहरूका विरूद्ध सचेत ढंगले मुकाबिला गर्नुहोस् ।”

साम्राज्यवादीले युवालाई क्षणिक स्वार्थका लागि उपयोग गर्ने गरेको बताउँदै अध्यक्ष दाहालले भविष्यका लागि सोच्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– “प्रतिक्रियावादी दक्षिणपन्थीले मात्रै होइन, अन्तर्राष्ट्रिय बुर्जुुवाहरुले पनि युवालाई उपयोग मात्रै गर्दछन् ।”

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...