विभेद अन्त्यका लागि राजपालाई भोटः संयोजक ठाकुर



हाम्रो इकोनोमि

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले विभेद अन्त्य र संविधान संशोधनका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई भोट हाल्न सबै मतदातालाई आग्रह गर्नुभएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज पत्रकारसँगको भेटघाटमा उहाँले मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएको तथा अन्य पीडित वर्गको हक अधिकारको ग्यारेन्टी केवल राजपा नेपालले गर्न सक्ने भएकाले आसन्न निर्वाचनमा राजपा नेपाललाई भोट दिएर जिताउन आग्रह गर्नुभयो ।

महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका संयोजक ठाकुरले मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएका तथा अन्य पीडित वर्गका समुदायलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अपरिहार्य भएको उल्लेख गर्दै संविधान संशोधन भएपछि विभेदको अन्त्य हुने र यसका लागि राजपालाई बहुमतका साथ जिताउन आग्रह गर्नुभयो ।

विभेदको अन्त्य र संविधान संशोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...