बुटवल पावर कम्पनीको एफपीओ माघ पहिलो साताबाट किन्न सकिने



काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले निकट भविष्यमै ४० लाख ८१ हजार साधारण सेयरको अतिरिक्त निश्कासन (एफपीओ) गर्ने भएको छ ।

यो कम्पनीले माघ पहिलो सातासम्म एफपीओ निश्कासन गर्ने तयारी गरेको हो ।

यसअघि बुटवल पावर कम्पनीले प्रतिकित्ता ५ सय १८ रुपैयाँको दरमा एफपीओ निश्कासनका लागि धितोपत्र बोर्डमा प्रस्ताव गरेको थियो । तर, नयाँ परिस्थिति र नयाँ व्यवस्था अनुसार एफपीओको मूल्य समायोजन गरी प्रतिकित्ता ५०१ रुपैयाँ कायम गरिएको छ । प्रतिकित्ता १०० रुपैयाँमा ४०१ रुपैयाँ प्रिमियम थपेर एफपीओ निश्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

दोश्रो बजारमा बुटवल पावर कम्पनीको सेयर प्रतिकित्ता ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बजार उतारचढावमा दौडिरहेको अवस्थामा यो कम्पनीले एफपीओका लागि तोकेको मूल्य उति धेरै व्यवहारिक भने देखिदैन ।

धितोपत्र बोर्डस्थित स्रोतका अनुसार यो कम्पनीलाई एफपीओ निश्कासनको स्वीकृतिको काम अन्तिम चरणमा पुुगेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार  ०९ : ३१  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ७६ कराेडकाे बजेट

    काठमाडौंँ महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो

४१औ वार्षिक उत्सव मनाउदै नबिल बैंक

    नबिल बैंक लिमिटेडले आफ्नो ४१औ बार्षिक उत्सव मनाउने भएको छ ।

दुई दिनमा ४८ अंकले बढ्यो सेयर बजार

  साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको