बुटवल पावर कम्पनीको एफपीओ माघ पहिलो साताबाट किन्न सकिने



हाम्रो इकोनोमि

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले निकट भविष्यमै ४० लाख ८१ हजार साधारण सेयरको अतिरिक्त निश्कासन (एफपीओ) गर्ने भएको छ ।

यो कम्पनीले माघ पहिलो सातासम्म एफपीओ निश्कासन गर्ने तयारी गरेको हो ।

यसअघि बुटवल पावर कम्पनीले प्रतिकित्ता ५ सय १८ रुपैयाँको दरमा एफपीओ निश्कासनका लागि धितोपत्र बोर्डमा प्रस्ताव गरेको थियो । तर, नयाँ परिस्थिति र नयाँ व्यवस्था अनुसार एफपीओको मूल्य समायोजन गरी प्रतिकित्ता ५०१ रुपैयाँ कायम गरिएको छ । प्रतिकित्ता १०० रुपैयाँमा ४०१ रुपैयाँ प्रिमियम थपेर एफपीओ निश्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

दोश्रो बजारमा बुटवल पावर कम्पनीको सेयर प्रतिकित्ता ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बजार उतारचढावमा दौडिरहेको अवस्थामा यो कम्पनीले एफपीओका लागि तोकेको मूल्य उति धेरै व्यवहारिक भने देखिदैन ।

धितोपत्र बोर्डस्थित स्रोतका अनुसार यो कम्पनीलाई एफपीओ निश्कासनको स्वीकृतिको काम अन्तिम चरणमा पुुगेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...