वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर: नेपालले मलेसियालाई हरायो



हाम्रो इकोनोमि

काठमाडौं । थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स टी-२० वर्ल्डकप एसिया क्वालिफायरमा नेपालले पहिलो जित हात परेको छ।

यसअघिका तीन खेलमध्ये दुई वर्षाले प्रभावित हुनु र एकमा पराजित भएपछि नेपालले जित हात पार्न सकेको थिएन।

आफ्नो चौथो खेलमा नेपालले शुक्रबार मलेसियालाई ३३ रनले पराजित गरेको हो। १०९ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले ७५ रनमा रोक्दै जित हात पारेको हो।

जितपछि नेपालले ४ खेलबाट ४ अंक नै जोडेको छ। पहिलो खेलमा थाइल्याण्ड तथा दोस्रो खेलमा हङकङसँग अंक बाँडेको नेपाल तेस्रो खेलमा युएईसँग ५ रनले पराजित भएको छ।

जितपछि मलेसिया समान ४ अंक भएपनि नेपाल रनरेटमा पछि पर्दै चौथो स्थानमा छ। ४ खेलबाट ७ अंक जोडेको थाइल्याण्ड पहिलो तथा ३ खेलबाट ५ अंक रहेको हङकङ दोस्रो स्थानमा छ। नेपालले शीर्ष दुईमा स्थान बनाउँदै ग्लोबल क्वालिफायरमा छनोट हुनका लागि आजै हुने हङकङ र युएईबीचको खेलमा आफूअनुकुल नतिजा आउनुपर्नेछ।

हङकङले युएईलाई हराए नेपाल एक खेल खेल्नुअघि नै बाहिरिनेछ। यदी आज युएईले हङकङलाई हराएको खण्डमा नेपालको केही सम्भावना बाँकी रहन्छ। तर त्यसका लागि हङकङ र युएई दुवै टोली अन्तिम खेलमा पराजित हुनुपर्नेछ भने नेपालले अन्तिम खेलमा चीनलाई राम्रो रनरेटमा हराउनुपर्नेछ।

नेपालले अब राउण्ड रोविनको अन्तिम खेलमा आइतबार चीनसँग खेल्नेछ।

 

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...