धादिङ र नवलपरासीमा बम फेला



हाम्रो इकोनोमि

काठमाण्डौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ । धादिङका दुई स्थानमा र नवलपरासीको देवचुली नगरपालिका क्षेत्रमा बम फेला परेको जिल्लास्थित संवाददाताले जनाएका छन् ।

धादिङमा दुई छुट्टाछुट्टै स्थानमा फेला परेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । पृथ्वी राजमार्गअन्र्तगत गल्छी गाउँपालिका–६ बैरेनी र गजुरी गाउँपालिका–५ आदमघाटमा भेटिएको बम सेनाले निस्कृय पारेको हो ।

सडक छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उता, नवलपरासीको बर्दघाट सुस्तापूर्वको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका कांग्रेस महामन्त्री डा. शशांक कोईरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसर कुकुर बम फेला परेको छ ।

देवचुली नगरपालिकास्थित दुम्कौलीको प्रचार कार्यालय अघि राखिएको प्रेसर कुकुर बम नेपाली सेनाको वम डिस्पोज टोलीले निष्कृय पारेको छ

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...