उद्योग मन्त्री थापालाई लक्षित गरी बम विष्फोट



हाम्रो इकोनोमि

उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट गराईएको छ ।

धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समूहले बिहान सााढे ७ बजेतिर बम विष्फोट गराएको स्रोतले जनाएको छ । प्रहरी प्रमुख सुदिप राजभण्डारीले विष्फोट भएको पुष्टि गरेका छन् । थप विवरण भने प्राप्त नभएको उनले बताए ।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै थिए । उक्त समुहले मन्त्रीलाई लक्षित गरी बम विष्फोट गराएको स्थानीयको भनाई छ । मन्त्री चढेको गाडीलाई लक्षित गरेको भए पनि मन्त्री सवार गाडी घटनास्थलबाट करिब २ सय मिटर अगाडी बढिसकेकाले कुनै क्षति नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...