नेपाल युएईसँग पाँच रनले पराजित



हाम्रो इकोनोमि

काठमाडौँ । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो ।

टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७९ रन बनायो । असी रनको लक्ष्य पाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमा समेटियो । युएईको जितमा नतासा चरियथले २३, इशा रोहितले २२ र निशा अलिले १७ रन जोडे । बलिङतर्फ नेपालका लागि कप्तान रुविना क्षेत्रीले तीन, रितु कनौजियाले दुई तथा नेरी थापाले एक विकेट हात पारे ।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि रितु कनौजियाले सर्वाधिक २२ रनको योगदान दिइन् । तेइस बल खेलेकी कनौजियाले दुई चौका प्रहार गरिन । ज्योति पाण्डेले १२, काजोल श्रेष्ठले ८, सीता रानामगरले ७, करुणा भण्डारीले ६ तथा सरिता मगरले ५ रन जोडे ।

नेपालले आफ्नो चौथो खेलमा शुक्रबार मलेसियासँग खेल्नेछ । राउण्ड रोविनको आधारमा भइरहेको उक्त खेलमा लिगको शीर्ष दुई टोली आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफायर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफायर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...