चमेलियाबाट विद्युत् उत्पादन शुरु



हाम्रो इकोनोमि

दार्चुलामा निर्माण सम्पन्न ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोड्ने बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । दक्षिण कोरियाको ऋण लगानीमा तयार १ सय ३१ किलोमिटर लामो प्रसारण लाइन बिहीबार दिउँसोबाट सञ्चालन भएको हो ।

कैलालीस्थित अत्तरिया ग्रीडको विद्युत प्रवाह गरेर दिउँसो १.५५ बजेबाट प्रसारण लाइन र सबस्टेसन सञ्चालन गरिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । चमेलियाबाट विद्युत उत्पादन सुरु गर्नुअघि प्रसारण लाइन तयारी अवस्थामा राख्न सञ्चालन गरिएको उनले बताए ।

चमेलियाबाट परीक्षण उत्पादन सुरु भएको दिनदेखि नै यो प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन तयार भएपछि अहिले वैकल्पिकरूपमा ३३ केभी लाइनमा जोडिएको ८.५ मेगावाटको नौगाड जलविद्युत केन्द्रको विद्युत जोड्न आवश्यक प्रक्रिया पूरा गर्न अपि पावर कम्पनीलाई पत्राचार गरिएको दाहालले बताए ।
बलाँच–अत्तरिया महाकाली करिडोरलाई उत्तर दक्षिणमा जोड्ने पहिलो र एकमात्र प्रसारण लाइन हो ।

प्रसारण लाइनकोे डबल सर्किट टावर निर्माण गरिएको भए पनि अहिले सिङ्गल सर्किट लाइन मात्र जडान गरेर संचालन गरिएको छ । डबल सर्किट लाइन जोड्ने काम चालु आर्थिक वर्षभित्रै सुरु गर्ने प्राधिकरणको तयारी छ ।

यो प्रसारण लाइन सञ्चालन भएपछि चमेलियासहित निजी क्षेत्रले निर्माण गरिरहेको २ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोड्न बाटो खुलेको छ । प्रसारण लाइनमा चमेलियासहित ८६ मेगावाटको चमेलिया छत्तिसगाड, ४० मेगावाटको माथिल्लो चमेलिया, ८.५ मेगावाटको नौगाड र ५४ मेगावाटका कालंगागाडका आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...