चितवन क्षेत्र न १ मा सुरेन्द्र पाण्डेको जित पक्का , क मा दाबा लामाको ८० प्रतिशत भोट आउने स्थानीय नेताको दाबी



हाम्रो इकोनोमि

चितवन क्षेत्र न १ का उमेद्दवार नेकपा एमालेका नेता अहिले घरदैलोमा व्यस्त छन । घरदैलोकै क्रममा राप्ती नयरपालीका वडा १० कोराककिरनटारको बाम गठबन्धन को कोण सभा को कार्यक्रममा नेकपा एमाले स्थाई कमिटी सदस्य तथा पुर्ब सफल अर्थमन्त्री सुरेन्द्र पाण्डेले भन्नुभयो अब यो देशको विकास गर्ने पार्टी भनेको नेकया एमाले मात्र हो । चितवन क्षेत्र न १ क का उम्मेद्बार क दाबा लामाले पनि मन्तव्य राखेका थिए ।

निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचनमा उठेका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । प्रतिनिधि चितवनको क्षेत्र नं. १ बाट उठेका वाम उम्मेदवार सुरेन्द्र प्रसाद पाण्डे पनि आफ्नो चुनावी कार्यक्रमलाई तिब्रता दिएका छन् ।

उनी त्यस क्षेत्रको लोकप्रीय नेता पनि हुन । विगतको संविधानसभाको चुनावमा पनि विजय हासिल गरेका पाण्डेले यसपटक पनि जितलाई निरन्तरता दिने कुरामा दुईमत छैन । उनी उम्मेदवार भएपछि स्थानीय जनतामा उत्साह भरिएको छ ।

विकासप्रेमी नेताको रुपमा त्यहाँ सुरेन्द्र पाण्डे परिचित रहेका छन् । उनले विभिन्न ठाउँमा गएर चुनावी सभालाई सम्बोधनल गरिरहेको छन् । उनले आफ्नो क्षेत्रको मात्र नभई अन्य क्षेत्रमा समेत गएर चुनावी सभालाई सम्बोधन गर्न भ्याएका छन् ।
यसै गरी प्रदेशसभामा उठेका दावा दोर्जे लामाले पनि आफ्नो चुनावी कार्यक्रमलाई उत्साहका साथ अगाडी बढाईरहको छन् । राप्ती नगरपालिकाको सबै क्षेत्रमा घरदैलो कार्यक्रम सकी अहिले खैरही नगरपालिकामा रहेको हाम्रो ईकोनोमीलाई बताए । स्थानीय जनताहरुले वाम उम्मेदवारहरुलाई भव्य स्वागत गरिरहेका छन् । वाम उम्मेदवारले घरदैलो कार्यक्रम गरिरहदा अन्य दलको चुनावी कार्यक्रम फितलो सावित भएको स्थानीयहरुको बुझाई छ ।

चितवनको क्षेत्र नं. १ लाई वाम वर्चश्व क्षेत्रको रुपमा चिनिन्छ । २०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि सुरेन्द्र पाण्डेले जित हात परेको क्षेत्र हो ।  नेकपा एमाले मात्र भएको बेलामा पनि एमालेले जित हात पारेको यस क्षेत्रमा अहिले माओवादी केन्द्र पनि मिसिएको छ । यस मानेमा पनि अब यस क्षेत्रमा वाम उम्मेदवारले जित्ने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...