नेप्से परिसूचक बढयो, ६८ करोडमाथिको सेयर कारोबार !



हाम्रो इकोनोमि

काठमाडौँ। साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक शून्य दशमलव ८६ प्रतिशत बढेको छ । कारोबार सुरुवात देखिनै बढेको शेयर बजारले अन्तिमसम्म नै वृद्धि कायम राख्दा समग्र बजार बढेर बन्द भएको हो।

पछिल्ला केहि दिन औसत ३५ करोडमा झरेको कारोबार रकम बिहिबार बढेर ६८ करोडमाथि उक्लिएको छ।

बिहीबार बजार १३.०३ अंकले बढेर १४९३.०९ अंकमा उक्लिएको छ। १६५ कम्पनीका १३ लाख ९१ हजार कित्ता शेयर किनबेच भएका छन्। सबैभन्दा बढि साना किसान बैंकको संस्थापक शेयर २१ करोड ९९ लाख रुपैयाँ बराबरको खरिद भएको छ।

१० समुहको कारोबारमा ट्रेडिङबाहेक सबै सूचक बढेका छन्। बैंक ०.८४, होटल १.०९, विकास बैंक १.२८, जलबिद्युत २.४५, फाइनान्स १.२८, बीमा ०.३३, उत्पादनमूलक ०.६३, अन्य ०.५९ र लघुवित्त १.३९ प्रतिशतले बढेका छन्। ट्रेडिङ १.५४ पप्रतिशतले घटेको छ।

सबैभन्दा बढी सिनर्जी पावरका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन्। बढी गुमाउनेमा हिमालयन जनरल इन्स्योरेन्सका शेयरधनी छन्।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

कात्तिकका लागि बैंकहरूले घटाए ब्याजदर

      कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ ।...

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता

    आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच...

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुल्यो

    नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत...