दाङलाई नमूना जिल्ला बनाउने: अध्यक्ष ओली



हाम्रो इकोनोमि

तुलसीपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले छ–छ महिनामा सरकार फेरिने प्रवृतिको अन्त्य गर्नका लागि गठबन्धन कायम गरिएको स्पष्ट पार्नुभयो ।

निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरी देशको विकास र जनताको अधिकार ग्यारेन्टी गर्नेसमेत जिकिर गर्नुभयो ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले पार्टी एकताको आधारहरु तयार भइसकेको र अब घोषणा हुनमात्र बाँकी रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले हिंसाको बाटो समातेको नेकपा माओवादी (विप्लव)लाई प्रश्रय दिनेगरी नेपाली काँग्रेस लागिपरेको आरोप लगाउनुभयो ।

उहाँले दाङ जिल्लालाई नमूना जिल्ला बनाउने जिम्मा वाम गठबन्धनले लिने भन्दै त्यसका लागि नआत्तिन काँग्रेसलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...