प्रदीप ज्ञवालीले सार्बजनिक गरे,आफ्ना प्रतिबद्धता



हाम्रो इकोनोमि

नेकपा एमालेका सचिब तथा गुल्मी १का उम्मेंदवार प्रदीप ज्ञवालीले आज पत्रकार सम्मेलन मार्फत जिल्लामा आगामी पाच बर्षमा गर्ने कार्यको सार्बजनिक गरेका छन् ।

उनले सुखी गुल्मली,संमृद्ध गुल्मी भन्ने अभियानका साथ घर घरमा धारा,तोलटोलमा बिकास भन्ने योजना अघि सारेका छन् ।आफ्ना प्रतिबध्दता सार्बजनिक गर्दै ज्ञवालीले राष्ट्रिय घोषणापत्रको आलोकमा रहेर आगामी दिनमा जिल्लाको बिकासका लागि गरिने ठोस प्रस्ताव अघि सारेको बताउदै भने –यो प्रतिबध्दता आस्वासन होइन,हाम्रो संकल्प हो ।जून हामीले जितेपछि ५ बर्षमा पूरा गर्छौ ।हामी यो परिछनमा उत्रन तयार छौ ।

संयुक्त बांगठबंधन निर्वाचन परिचालन कमिटी छेत्र न १ गुल्मीद्वारा प्रस्तुत गरिएको प्रतिबध्दता पत्रमा ५ बर्ष भित्र वडा तहका सड़क पिच गर्ने,सबै घरमा पानीको धारा,सामुदायिक बिद्यालयमा सवारिसाधन र छात्राबास,सबैलाई स्वास्थ्य,कृषिमा ब्यबसायिकरण र बाजारीकरण,समुहिक उधयमका लागि युबालाई बिना धितो ऋण,पर्यटन करिडोर र चक्रपथको अबधारणा अघि सारियको छ ।

त्यस्तै, प्राविधिक उच्च सिक्छ्यालय को स्थापना गर्ने, सिद्धबाबा सडकको बैकल्पिक सडकको निर्माण,सालझड़ी–तमघास सड़क निर्माण सम्पन्न गर्ने,तानसेन–रिड़ी–तमघास सड़क फराकिलो बनाउने,रेसङ्गा विमानस्थल निर्माण सम्पन गर्ने,कालीगंडकि करिडोर निर्माण सम्पन्न गर्ने,रुद्राबेनी–रिड़ी–वामिटकसारसडक कालो पत्रे गर्ने,रेसङ्गामा केबुलकार ,बिद्युत र फ़ोनको गुनस्तरिय सेवा र पहुँच पुर्याउने प्रतिबध्दता पनि समेटियका छन् ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...