शेरबहादुर देउवालाई ओलीको प्रश्न-तपाई जान्ने कि बिपी?,राष्ट्रियता, प्रजातन्त्र र समाजवाद बिपीले सनकका भरमा लेख्नुभएको हो?



हाम्रो इकोनोमि

एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस आफैले आदर्श मान्ने विश्वेश्वर प्रसाद कोइरालाका विचारबाट विचलित भएको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले विहिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस राष्ट्रियता, समाजवाद शब्द सुन्ने बितिक्कै तर्सिने भएकाले सिद्धान्तच्युत भएको बताए । उनले भने ‘पार्टीको झण्डामा अंकित चार तारालाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादका सूचक भन्ने तर, व्यवहारिक रुपमा यी शब्द सुन्ने बितिकै तर्सिने ? यी सबै कुरा के बिपीले सनकका भरमा लेख्नुभएको हो ? तपाईहरु जान्ने कि बिपी ?’

कांग्रेसमा अब लोकतन्त्रको गुरुत्वाकर्षण नरहेको बताउँदै नेता ओलीले हाल सत्तामा रही उसले गरेको गलत कार्यहरुको जवाफ ईतिहासले माग्ने दावी गरे ।‘ काँग्रेसले आफु भनेको लोकतन्त्र , लोकतन्त्र भनेको नै काँग्रेस भन्ने ठान्छ । खेल आफु भएको र अरुलाई खेलाडी जस्तो ठान्छ । खेललाई नियम लाग्दैन खेलाडी नै लाग्छ ।’ उनले थपे ‘तर मन्त्र जप्नु भन्दा ठूलो कुरा लोकतन्त्रका मुल्य मान्यतालाई आत्मसाथ गर्ने हो । त्यसका नियम परिपालना गर्ने हो । हामीले विगतदेखि नै लोकतन्त्रका लागि संघर्ष गर्दै आएको छौं ।’

विप्लव नेतृत्वको नेकपा माओवादीप्रति आक्रोशित भएका ओलीले बम र बन्दुक कस्का विरुद्धमा उठाउन खोजेको भनेर प्रश्न गरे । कांग्रेस र विप्लव माओवादी दुबै मिलेर वाम गठबन्धनलाई असफल बनाउने प्रयास गरिरहेको भएपनि त्यो सम्भव नभएको उनको भनाई थियो । ‘हिजो मात्र दोलखामा यी दुई पार्टीको संयुक्त बैठक बसेको छ । एउटा निर्वाचनको विरोध गर्ने, अर्को निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सतामा बसेको दल । यो कस्तो खालको संयुक्त बैठक हो ? उनले भने ‘हतियारसहित पक्राउ परेका विप्लव माओवादीका कार्यकर्तालाई हिरासत मुक्त गर्न नमान्दा ५ नम्बर प्रदेशका प्रहरी प्रमुख मिङमार लामाको सरुवा गरिएको छ । निर्वाचन भाँडने षडयन्त्र सतापक्ष आफै गरिहरेपनि यो कुनै हालतमा सफल हुने छैन ।’

अध्यक्ष ओलीले कुनै पार्टीमा संलग्न हुने कुरा सत्य भन्दा ठूलो नभएको भन्दै उनले सत्यका पक्षमा लाग्न कांग्रेस कार्यकतालाई आग्रह गरे । ‘अहिले गरेका बदमासीको जवाफ इतिहासले माग्ने बताए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...