विप्लव समूहका कार्यवाहक जिल्ला अध्यक्ष पक्राउ



हाम्रो इकोनोमि

रसुवा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रसुवाका कार्यवाहक अध्यक्ष लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ ।

कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पत्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत्कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

तीन दिनअघि विप्लव समूहले जिल्लाको उत्तरगया गाउँपालिकाको लहरे चौतारामा पाँचवटा सुतली बम राखेको थियो । निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्ने जुनसुकै समूहमाथी कारबाही गरिने थापा क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...