विकास, समृद्धि तथा मधेशीको हक अधिकारका लागि वाम गठबन्धन



हाम्रो इकोनोमि

सप्तरी । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य उमेश यादवले मधेसको विकास, समृद्धि तथा मधेशीको हक अधिकार पूरा गराउन वाम गठबन्धनलाई निर्वाचनमा विजय गराउनुपर्नेमा बताउनुभएको छ ।

आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो —“मधेस केन्द्रीत दलका कारण नै मधेसको विकास र समृद्धि हुन सकेको छैन् ।”
सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सदस्यका उम्मेदवार समेत रहनुभएका यादवले देशको प्रत्येक आन्दोलन तथा जनताको अधिकारको लडाइँमा वामगठबन्धनको भूमिका अग्रगामी रहेकाले विकास, समृद्धि र प्रगतिका लागि वामगठबन्धनको विकल्प नरहेको बताउनुभयो ।
आफ्नो प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफूले समर्थन नगरेको उहाँले स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धन विजयी हुने भएकोले त्यसबाट धेरै नेता तथा राजनीतिक दल हतोत्साहित भएको उल्लेख गर्दै सबै दलले वामगठबन्धनलाई समर्थन गर्नुपर्नेमा जोड दिनुभयो ।

सप्तरी क्षेत्र नं. २ प्रदेशसभा सदस्य (ख) का उम्मेदवार महेशप्रसाद यादवले सप्तरीको विकासका लागि आफुले स्पष्ट प्रतिबद्धता पत्र जारी गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...